Latest News and Updates

नयाँ नगर वस सञ्चालनको विरोधमा उत्रिएका यातायात ब्यवसायीले विहिवारदेखि गण्डकी अञ्चल भर अनिस्चितकालिन आम चक्काजामको घोषणा

पोखरा  फागुन  । नयाँ नगर वस सञ्चालनमा आएको विरोधमा उत्रिएका यातायात ब्यवसायीले विहिवारदेखि गण्डकी अञ्चल भर अनिस्चितकालिन आम चक्काजामको घोषणा गरेको छ ।पोखरा नगर क्षेत्रमा सञ्चालन हुने गरी विन्ध्यावासिनी वस ब्यवसायी समिति अन्तर्गतका तीन वटा नयाँ बसले रुट इजाजत पाएपछि पुराना ब्यवसायी आन्दोलित भएका हुन् । उनिहरुले नयाँ समितिको रुट इजाजत खारेज हुनुपर्ने माग मागका साथ अनिस्चित काल आम चक्काजामको घोषणा गरेका छन भने आन्धोलनको क्रममा अत्याबसेक सबारी साधनलाई भने चल्न दिने सचिब भानुभक्त वरालले जानकारी दिए ।


time Published on:  2016-02-17    | Read More




यातायात ब्यवसायी पुनः आन्दोलित, नयाँको इजाजत खारेज नभए सार्वजनिक यातायात ठप्प पर्ने

पोखरा फागुन पोखरामा विन्धवासिनी बस ब्यबसायी समितिको नाममा तीन वटा नगर बसले रुट इजाजत प्राप्त गरेपछि सुरु भएको विवाद सोमवार बसेको बैंठकबाट पनि मिल्न नसकेपछि पुन पुराना ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन्

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिले विज्ञप्ती जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जस अनुसार मंगलवार विहान ११ बजेदेखि दिउसो एक बजेसम्म पृथ्बीचोक बन्द गर्ने यातायात ब्यबस्था कार्यालय घेराउ गर्ने उल्लेख त्यस्तै फागुन गते बुधवार विहान बजेदेखि साझ बजेसम्म पोखरामा सार्वजनिक यातायात बन्द गर्ने, गते कास्की जिल्लाभर सार्वजनिक सवारी नगुडाउने समितिले जनाएको ।नयाँ समितिको रुट इजाजत खारेज नभए फागुन देखि गण्डकी अञ्चलभर अनिश्चितकालका लागि सार्वजनिक सवारी ठप्प पार्ने त्यसबाट पनि सुनुवाई नभए फागुन देखि महासंघको सहकार्यमा कुनैपनि सवारी सञ्चालन हुन नदिने गरी आम चक्काजाम गर्ने चेतावनी दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो

नयाँ समितिले माघ २२ गते बस सञ्चालन गरेपछि पुराना ब्यबसायीले अबरोध गर्दै आन्दोलनको घोषणा गरेका थिए त्यसपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा माघ २७ सम्म आन्दोलन स्थगित गरेका उनिहरुले पुन नयाँ आन्दोलनको घोषणा गरेका हुन् । यो विचमा समस्या समाधानको लागि छलफल भएपनि निश्कर्षमा पुग्न सकेन

सोमवार यातायात कार्यालय गण्डकीमा भएको छलफल पनि विना निश्कर्ष टुङ्गिएपछि पुराना ब्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् उनिहरुले पोखरामा पर्याप्त सवारी भएको थप सवारी आवश्यक नरहेको दावि गरेका छन् तर नयाँ ब्यबसायीले आफुले रुट इजाजत प्राप्त गरेकाले बस सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरिरहेका छन्


time Published on:  2016-02-15    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np