About Us

रेडियो एपोस्टल १०२.६ को सामान्य चिनारी
सुन्दर नगरी पोखराको बगरमा अवस्थित रेडियो एपोस्टल १०२.६ मेगाहर्ज मा बुद्घिजीवी, व्यवसायी तथा राष्ट्रका खम्बाको रुपमा रहने यूवा द्घारा सञ्चालन गरिएको रेडियो हो । त्यसै गरी यहाँ धेरै वर्ष पत्रकारितामा र संचार क्षेत्रमा  लाग्नु भएका युवाहरुको प्रसंशनिय सहभागिता रहेको छ । परिवर्तित परिबेशमा संचार माध्यमप्रति बढ्दै गएको बिश्वास र समाजमा देखा परेको प्रभाबलाई समेत समेट्ने अनि  आफ्नो पहिचानका साथ यस रेडियोलाई प्रतिष्ठित प्रतिस्थापित गर्ने संस्थापक तथा सञ्चारका पारखीहरुको बिशेष सहभागिता छ । 
नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयबाट २०७१र०७र२८  गते स्वीकृति लिई एफ. एम. स्टेशनका रुपमा दैनिक बिहान ५ः०० बजे देखि बेलका ११ः०० बजेसम्म प्रसारण हँुदै आईरहेको छ । आफ्नो स्रोतालाई समयमा नै स्पष्ट सु–सुनिश्चित हुने गरि अधिकार सुरक्षित गर्दै कुषि, पर्यटन, पर्यावरण, शैक्षिक, यूवा विशेष आदि विषयका कार्यक्रमहरुलाई प्राथमिकता दिन बिशेष लक्ष्य लिएको छ । यो विषयका अतिरिक्त गरिब, असहाय अशक्त, दैविक प्रकोप पीडितहरुका लागि मानविय एवं सामाजिक महत्वका विषयलाई प्रचारप्रसारमा धेरै सहयोग पु¥याउने छ । हामी अहिलेको व्यवसायिक र प्रतिस्पर्धात्मक  समयमा कार्यक्रमहरुलाई बढि जनमुखि, उत्तरदायी अनि जन चाहना, यूवा चाहना तथा समय सान्दर्भिक  कार्यक्रम निर्माण तथा उत्पादनमा निरन्तर क्रियाशिल रहँदै आएका छौ । 
 
प्रसारण पहुँच
सुचना तथा सञ्चार मन्त्रालयबाट वि.स २०७१र०७र२८  गते देखि  १०० वाट  क्षमतामा प्रसारण हुन पाउने परी स्वीकृति प्राप्त रेडियोको प्रसारण केन्द्र पोखरा –१ नयाँ गल्लीमा रहेको छ । आधुनिक रेडियो उपकरण प्रसारण  सामग्री र यससँग सम्बन्धित भौतिक पूर्वाधारहरुको उचित सन्तुलन र अन्य सुविधाका कारण यसको प्रसारण पहँुच कास्की, स्याङजा , तनहँु, लम्जुङ, पर्वत, मनाङ, मुस्ताङ, गोरखा, नवलपरासी लगायतका अन्य छिमेकी जिल्लाका अधिकांश क्षेत्रहरुमा भएको परिक्षण प्रसारणका स्रोताहरु बाट प्राप्त प्रतिक्रयाले देखाएको छ । यस रेडियो एपोस्टलले स्रोताहरुको चाहना भावना अनुरुप र समयानुकुल कार्यक्रम निर्माण , उत्पादन र प्रसारण गरी यस क्षेत्रकै एउटा  प्रतिनिधिमूलक रेडियो स्टेशनको रुपमा यसलाई स्थापित गर्न सकिने छ भन्ने विषयमा हामी बिश्वस्त छौं ।
 
उद्देश्यहरु
राष्ट्र र जनताप्रति पूर्ण इमान्दार र जिम्मेवार भइ स्रोताहरुको सुनिश्चितहुने अधिकारको संरक्षण गर्ने 
प्रशारण माध्यमबाट  धर्म, दर्शन, कला, साहित्य, कृषि,  पर्यटन भाषा र संस्कृतिको  संरक्षण र सम्वर्दनमा सहयोग पु¥याउने 
स्रोताको चाहना, भावना अनुसार ज्ञानमूलक, शिक्षाप्रद एवं जागरणमूलक कार्यक्रम उत्पादन र निर्माण गरी प्रसारण गर्ने ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाको जानकारी दिन सुचनामूलक विभिन्न कार्यक्रम  प्रसारण गर्ने । 
लोक, आधुनिक तथा विभिन्न भाषाभाषीका गीत संगीतका माध्यमबाट भरपुर मनोरञ्जन प्रदान गर्ने । 
राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंगठन एवं व्यवसायिक संस्थाको कार्यक्रम र उत्पादनहरुलाई सार्वजानिकरण गर्ने।
राष्ट्रियता, शिक्षा, स्वास्थ्य, कृषि, उद्मोग, वातावरण, पर्यटन, संचार आदि विषयमा नागरिकहरुलाई सचेत र जागरुक बनाउने । 
आफ्ना प्रसारण पहुँच भएका ठाउँमा वा जिल्लाका महत्वपूर्ण चाडपर्व, उत्सव,  सभा–समारोह आदिको विषेश प्रसारण गर्ने । 
विश्वसनिय वास्ताविक सुचना तथा विचारको संप्रेषण गरी सभ्य विकसित एवं लोकतान्त्रिक समाज निर्माणमा सहयोग पु्याउने ।




Click here to view our browser:
https://drive.google.com/file/d/0BxzEUgu9D6EDQm92VFdGY2h2aDU1UFkzSkFYZUg2eTQ1TENv/view?usp=sharing
 
 
 
 
 

Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np