जन्तीकाे बसले किचेर सर्लाहीमा एक युवकको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आज बिहान जन्ती बसले किचेर एक युवकको ज्यान गएको छ ।

मलङ्गवाबाट जन्ती लिएर भारततर्फ फर्किदै गरेको बीआर ३० पि ३०३७ नम्वरको बसले किच्दा भारतको सीतामढी मोहनपुर बस्ने विन्देश्वर रायका २२ वर्षीय छोरा अम्मरनाथ कुमारको ज्यान गएको हो । मृतक युवक सोही बसमा चढेर जन्ती आएका थिए ।

आज बिहान ३ बजेतिर नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–१ भेडहियामा बसले किचेर युवकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा फाँटका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो ।

युवकले अत्याधिक रक्सी पिएका पाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पनि बस जन्ती लिएर गन्तव्यतर्फ नै लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *