Latest News and Updates

जिवनभरको खुशि तिमीलाई  म्युजिक भिडियो सार्बजनिक

पोखरा, १० असार । सोम लिम्बु र मेलिना राईको स्वर समावेश भएको गीत ‘जीवन भरको सारा खुशि’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा बिनोद एडी र साबिया फिचरिङ भएका छन् । शुक्रबार पोखरामा एक विशेष समारोहबीच यो भिडियो सार्वजनिक भएको हो । लगत्तै भिडियोलाई निर्माणपक्षले युट्युबमार्फत पनि सार्वजनिक गरेको छ । 

रोमान्स बेसमा बनाईएको भिडियोलाई बिनोद एडीले नै निर्देशन गरेका हुन् । स्वपन सरकारले निर्माण गरेको भिडियोलाई अनिल शाहिले खिचेका हुन् । शाहि यो भिडियोका सम्पादक समेत हुन् ।

 

https://youtu.be/dM9x8h91ToE  

 


time Published on:  2016-06-24    | Read More




सबैलाई आफ्नो धर्म संस्कृति मान्ने अधिकार छ : गृहमन्त्री
काठमाडौँ–गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताएका छन् । गृह मन्त्रालयमा आज राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनै पनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत गराए ।

महासङ्घले गत जेठ २८ गते दोलखाका विद्यालयमा भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गर्ने क्रममा ख्रीष्टियन समुदायका आठ जना व्यक्तिलाई प्रहरीले धर्म प्रचारको आरोपमा पक्राउ गरेको जानकारी गराउँदै उनीहरुको रिहाइको माग गरेको थियो ।

shakti basnet

सबैलाई स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने र वकालत गर्ने अधिकार भए पनि त्यसका लागि समय, स्थान र सन्दर्भका बारेमा ध्यान पु¥याउन आग्रह गर्दै मन्त्री बस्नेतले भने, “विद्यालयमा धार्मिक कार्यक्रम गर्नु उपयुक्त होइन ।” उनले धार्मिक विषयका घटनालाई कसैले पनि अनावश्यक रुपमा विवादमा नल्याइदिन पनि आग्रह गरे ।

कार्यक्रममा महासङ्घका महासचिव सिबी गहतराजले ख्रीष्टियन समुदायले सबै धार्मिक समुदायलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहेको बताउँदै भने, “हामी कसैको पनि धर्म जबर्जस्ती परिवर्तन गर्न चाहँदैनौँ । नागरिकले आफ्नो धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन ।”

दोलखा प्रहरीले धर्म प्रचार गरेको आरोपमा जेठ २८ गते बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङलगायत चरिकोटस्थित माउन्टभ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरेको थियो


time Published on:  2016-06-16    | Read More




आईएसले पिंजडामा हालेर १९ महिलालाई जिउँदै जलायो

एजेन्सी: आईएसआईएसको कब्जामा रहेको इराकको मोसुलमा आतंककारीहरुले १९ यजिदी कुर्दिस महिलालाई पिंजडामा हालेर जिउँदै जलाएका छन् । 
 
महिलाले यौनदासी बन्न अस्वीकार गरेपछि जिउँदै जलाइएको हो । कुर्दिस न्यूज एजेन्सी एआरएका अनुसार यस घटनाका क्रममा सयौं मानिसहरु निरिह बनेर रमिता हेर्न बाध्य थिए । 
 
कुर्दिस समाचार एजेन्सी अब्दुल्ला अल-मालालाई उधृत गर्दै बताइए अनुसार इस्लामिक स्टेट लडाकूसँग यौनसम्बन्ध राख्न इन्कार गरेपछि उनीहरुलाई जिउँदै जलाइएको हो । 
 
समाचार अनुसार अघिल्लो महिनामा पनि आईएसआईएसले २५ जना इराकी बन्धकलाई एसिडमा डुबाएर हत्या गरेको थियो ।
 
इराक, सिरिया र लिबियामा आईएसआईएसद्वारा धर्मको नाममा मानिसको ज्यान लिने कयौं मामिला सार्वजनिक भइरहेका छन् । 
 
यसरी मानिसको ज्यान लिँदा अत्यन्तै क्रुर तरिका अपनाइने गरिएको छ । 
 
अगस्त २०१४ मा आईएसआईएसले उत्तरी इराकको यजिदी इलाकामा आक्रमण गरेका थिए । 
 
यसपछि ४ लाख भन्दा धेरै मानिसहरुले दोहुक, इरबिल र कुर्दिस्तान छाडेर भाग्नुपरेको थियो । 
 
स्थानीय सैन्य स्रोतका अनुसार यस हमलामा सयौं मानिसको ज्यान गएको थियो । यहाँबाट सयौं मानिसलाई अपहरण पनि गरिएको थियो । 
 
यस क्रममा ठूलो संख्यामा युवती र महिलामाथि बलात्कार गरिएको थियो । ज्यान जाने डरले हजारौं यजिदीहरुले सिंजारको पहाडमा गएर बस्नुपरेको थियो । 
 
आतंककारीहरुले ३ हजार भन्दा धेरै यजिती युवतीहरुलाई यौनदासी बनाउनका लागि अपरहण गरेका थिए ।

time Published on:  2016-06-07    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np