Latest News and Updates

आजबाट मणिपाल शिक्षण अस्पताल संचालनमा आउने, काउन्सिलले माग्यो स्पष्टिकरण 

वैशाख ११ । चिकित्सकको आन्दोलनका कारण दुई महिनादेखि बन्द रहेको पोखराको मणिपाल शिक्षण अस्पताल भोलिबाट संचालनमा आउने भएको छ । स्थानीय फुलबारी क्लबको अग्रसरतामा आन्दोलनरत चिकित्सक र प्रशासनबीच भएको वार्तामा सहमति जुटेपछि अस्पताल संचालनमा आउने भएको हो ।

शनिवार मुस्ताङमा भएको बस दुर्घटनाका गम्भीर घाइते भएका १५ जनालाई उपचारका लागि ल्याइएकोमा चिकित्सकहरुले आफुहरु आन्दोलनमा भएको भन्दै उपचार गर्न अस्वीकार गरेका थिए । चिकित्सकहरुको कदमले आक्रोशित बनेका स्थानीयवासीले शनिवार साँझ अस्पतालको मुल गेटमा तालाबन्दी गरी आइतबार (हिजो) विहान आन्दोलनमा रहेका चिकित्सकलाई समेत नियन्त्रणमा लिएका थिए । त्यस्तै, जनस्तरबाट व्यापक आलोचना भएपछि घाइतेको उपचार गर्न अस्वीकार गर्ने चिकित्सकहरुको नामवलीसहित मेडिकल काउन्सिल नेपालले अस्पताललाई स्पष्टिकरण मागेको छ ।


time Published on:  2017-04-23    | Read More




माओवादी केन्द्रले आचारसंहिता उल्लंघन गरेको कांग्रेस-एमालेको आरोप

१० बैशाख, रामेछाप । रामेछापका दुई ठुला राजनितिक दलहरुले रामेछापमा माओवादीका नेताबाटै आचारसंहिता उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल झार्ने र भोट हाल्नेलाई बिजुली बालिदिने भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस र एमालेले मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीको ध्यानाकर्षण गराएका हुन् । आइतबार भएको छलफलमा उनीहरुले यसअघि स्वीकृत नभएका र योजनामा समेत नरहेका स्थानमा बिजुली बाल्नका लागि पोल लाने र डोजर लिएर गाउँगाउँमा सडक खन्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा कांग्रेस सभापति लवश्री न्यौपानेले जिल्लाको सुनापती गाउँपालिकाको सबै वडा लगायत विभिन्न ठाउँमा भोट दिनुपर्छ भन्दै बिजुलीको पोल लाने काम भइरहेको बताए । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडलले श्रेष्ठको नेत्तृत्वामा निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप लगाए । उनले जिल्लाको दोरम्वा गाउँपालिका वडा नम्वर १ र १० तथा मन्थली नगरपालिका ४, साविकको डडुवा, राकाथुम र सुनापती गाउँपालिका लगाएतको स्थानमा सांसद श्रेष्ठको नेतृत्वमा बिजुलीको पोल झार्ने काम भएको बताए । उनले यस्ता कार्यले अपि्रय घटनाहरु निम्त्याउन सक्ने भन्दै त्यस्ता घटना भए भागेदार नेकपा माओवादी केन्द्र हुने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मैनकुमार मोक्तान मदनले जिल्लाका सबै राजनीतिक दलबाट केहि कमजोरी भएकाले अबको दिनमा यस्तो कार्य गर्न नहुने बताए । मुख्य जिल्ला निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले झण्डै २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संयमित भएर लाग्न आग्रह गरे । उनले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता जिम्वेवार ढंगले पालना गर्न सरोकार राख्ने सबै निकायलाई आग्रह गरे ।

 


time Published on:  2017-04-23    | Read More




आदर्श डान्स मास्टर–२०७३ | पत्रकार भेटघाट कार्यक्रम                                                                                         

पोखरा २९ । आदर्श कला साँस्कृतिक परिवारले आयोजना गर्न लागेको आदर्श डान्स मास्टर–२०७३ को जानकारी सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि शिक्षामा र बृद्धाश्रम सहयोगार्थ कार्यक्र आयोजना गरिएको संयोजक राजेश खड्काले बताए । 

उत्सुकता तथा उदासिनता भित्र लुकेर रहेका कला र सँस्कृतिलाई उजागर गरौं भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको छ । वर्तमान समयमा कलालाई व्यावसायमा मात्र हेरिएकाले कलाको उचि सम्मान हुन नसकेको कार्यक्रम उद्घोषक शितलभेट बस्यालले जानकारी दिए । कार्यक्रम पश्चिमाञ्चलका सम्भव भएसम्म सम्पूर्ण जिल्लाहरुमा अडिसन हुने बताइएको छ ।    


time Published on:  2016-07-13    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np