Latest News and Updates

मनाङको नारफू गाउँपालिकामा काग्रेसका उमेद्वार निर्विरोध निर्वाचित :

बैशाख २० । हिमाली जिल्ला मनाङको नारफू गाउँपालिकामा मिङ्मा छिरिङ लामा गाउँपालिका प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् । नार गाउँपालिका १, नारगाउँका ४३ वर्षीय लामा बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मुलुककै गाउँपालिकामध्येबाट पहिलो निर्विरोध निर्वाचित भएका हुन् ।

 गाउँपालिकाको अध्यक्षमा उनीबाहेक कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका लामा निर्विरोध भएका निर्वाचन अधिकृतको कार्यालय स्रोतले बतायो । यद्यपी निर्विरोध निर्वाचत घोषणा भने गरिएको छैन । १ देखि ५ वडासम्म रहेको नारफू गाउँपालिकाको सवै वडा निर्विरोध भएको छ । वडा नं. १ देखि ३ सम्म कांग्रेस र वडा नं. ४ र ५ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध भएका हुन् । 

उपप्रमुखमा २ जनाको उम्मेदवारी परेपछि अहिले मिलाउने प्रयास भइरहेको छ । उपाध्यक्षमा कांग्रेसबाट फूर्पा जोम्पा लामा र स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले उम्मेदवारी दिएका थिए । ‘एकजनाको उम्मेदवार बन्ने योग्यता देखिँदैन । अर्कोलाई निर्विरोध बनाउने प्रयास भइरहेको छ । कुरा मिल्दैछ’ स्रोतले भन्यो ।

सम्भवतस् मुलुकको सवैभन्दा कम मतदाता संख्या भएको नारफू गाउँपालिकामा ३ सय ६२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।


time Published on:  2017-05-02    | Read More




डीभी चिट्ठाको नतिजा सार्वजनिक, कसरी थाहा पाउने नतिजा ?

वैशाख २० । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०१८ को नतिजा मंगलबार (हिजो)राति सार्वजनिक गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार (हिजो) राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित भएको छ । 

दूतावसको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ तारिखसम्म अनलाइन आवदेन दिएकाहरुको नामावली चिट्ठामार्फत् सार्वजनिक गर्न लागिएको हो । दूतावसले डीभी विजेताहरुलाई इमेल व अरु कुनै माध्यममार्फत् कुनै जानकारी नगराउने उल्लेख गर्दे कुनैपनि शुल्कको लागि अनुरोध नगर्ने जानकारी गराएको छ ।

EDV-2018 result नतिजा सम्बन्धि जानकारी यसै Electronic Diversity Visa Lottery पेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको र अमेरिका जाने योग्यता सेप्टेम्बर ३०, २०१८ सम्म हेर्न सकिनेछ|


time Published on:  2017-05-02    | Read More




घाईतेको उपचार नर्गने अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग बिरोध ¥याली

पोखरा, ११ वैशाख  ‘सरकार ४० लाखमा मानवीय संवेदनाको शिक्षा पनि दिलाउ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरु उभिएका थिए । उनीहरुले ‘पहिले मानव अनि डाक्टर बन’, ‘तिम्रा आन्दोलन ठूलो कि घाईतेको ज्यान ?’, ‘डाक्टरको काम जीवनदान कि मृत्यु ?’, ‘उपचार नगर्ने डाक्टर हुँदैनन्’ जस्ता नाराहरु सेतो कागजमा स्पष्ट देखिन्थे ।

बिरोध स्वरुप कालो रंगको ब्यानरमा पीडाले छटपटाईरहेका घाईतेको उपचार नगर्ने संवेदनहीन मनिपाल शिक्षण अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग सहित बिरोध ¥याली लेखिएको थियो ।

 
 
 

आईतबार साँझ मानवअधिकार चोकमा भेला भएर पोखरामा सक्रिय फेसबूक ग्रुप वी आर वान (डब्लूएओ) ले यसरी विरोध जनाएको थियो । शनिबार मुक्तिनाथ दर्शन गरेर फर्कंदा बस दुर्घटनामा परेर घाइते भएकालाई उपचार नगरेपछि युवाहरु यसरी बिरोधमा उत्रेका हुन् । मानवअधिकारचोक, चिप्लेढुंगादेखि बिपीचोक हुँदै महेन्द्रपुलसम्म ¥याली गरेका थिए ।

ग्रुपका संयोजक सूर्य तिमिल्सिनाले त्यति टाढाबाट ल्याएका गम्भिर बिरामीहरु आधा घण्टासम्म अस्पताल परिसरमा छट्पटाउँदा समेत अस्पताल र चिकित्सकले आफ्नो धर्म बिर्सिएको गुनासो गरे । ‘जस्तोसुकै आन्दोलन भएपनि आकस्मिक विपद्मा परेर ल्याईएका बिरामीलाई फर्काउनु अत्यन्त खेदजनक कार्य हो । ज्यान भन्दा ठूलो आन्दोलन हुन सक्दैन’ – उनले भने– ‘मनिपाल अस्पताल बेलाबेलामा यस्तै घटनामा मुछिने गर्छ । अस्पताल व्यवसाय मात्र होईन । मानवीय दायित्व पनि पूरा गर्नुपर्छ ।’

तीर्थयात्राको क्रममा मुक्तिनाथ बाट फर्कदै गर्दा कागबेनी नजिकै बस दुर्घटना भएको थियो । पाँच जनाको मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । आधा घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याईएको थियो ।

 


time Published on:  2017-04-23    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np