Latest News and Updates

उपत्यकाबाहिर सेवा विस्तार गर्दै साझा यातायात :

ललितपुर, साउन ११ । साझा यातायातले उपत्यकाबाहिर (लामो दूरी)मा सेवा विस्तार गर्ने भएको छ ।

साझा यातायातले १३ ओटा नयाँ बस खरिद गरेर सेवा विस्तार गर्न लागेको हो । साझाले अहिले दैनिक एउटा काठमाडौं–बाग्लुङ सेवा सन्चालन गरिरहेको छ ।

देशका अरु भागमासमेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

साझाको पुरानै रङ र सेवा हुनेछ । १३ ओटा नयाँ गाडीमध्ये १२ ओटा डिलक्स र एउटा अपांगता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उनी बताउँछन् ।

नयाँ रुटको टुंगो अहिले नै साझाले गरिसकेको छैन । उनले भने–‘धेरै ठाउँबाट माग भएको छ, त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।’

गत वर्ष काठमाडौं महानगरपालिकाले रु १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाले पनि केही दिनपहिले रु एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।

वि.सं. २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यकाबाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सन्चालनमा आएको हो ।


time Published on:  2017-07-26    | Read More




औषधि जलाउने जनस्वास्थ्य कार्यालयमा अख्तियारको छापा :

 

११ साउन, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा छापा मारेको छ । मनमानी तरिकाले गरेको औषधि खरिद गरेको तथा म्याद रहेकै अवस्थामा औषधि जलाइएको समाचारहरु आएपछि बुधबार अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो ।

समाचार सार्वजनिक भए लगत्तै आफूहरुले चासो लिएको बताउँदै छापा मार्ने टोलीका नेतृत्वकर्ता अख्तियार अधिकारी बिष्णु कुमार फेगुवा लिम्बुले कसैलाई गलत गर्ने छुट नरहेको बताए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयबाट आएको टोलीले म्याद रहेकै औषधि जलाइएको तथा सरकारले रोक लगाएको कम्पनीबाट औषधि किनिएको घटनाबारे कार्यालय प्रमुख नागेन्द्र चौधरीसहितका कर्मचारीसँग सोधपुछ गरेको छ । टोलीले कार्यालयको कागजातहरु समेत नियन्त्रणमा लिएको छ । ‘हामीले सोधपुछ गर्नुका साथै कागजातहरु पनि नियन्त्रणमा लिएका छौं’ टोली नेतृत्वकर्ता लिम्बुले भने, ‘गल्ती समातिए मुद्दा चलाइनेछ ।’

स्टारमा रहेको औषधि, जलाइएको औषधिको विवरणका साथै गरिएको आर्थिक कारोबारको सम्पूर्ण कागजात अख्तियारले लगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले गत शुक्रबार म्याद रहेकै लाखौं मूल्य बराबरको औषधि जलाएका थिए । औषधि किन जलाइएको हो ? त्यसको उत्तर अहिलेसम्म कर्मचारीहरुले बताएका छैनन् ।

साथै कर्मचारीहरुले रकमको चलखेल गर्न सरकारले सुचिकृत नै नगरेका औषधि खरिद समेत भेटिएको छ । नेपाल सरकारले सन् २०१४ मै औषधि बन्देज लगाइसकेको सुनसरीको धरानस्थित मनोज फर्मास्यूटिकल्स औषधि कम्पनीबाट कर्मचारीहरुले गत आर्थिक बर्षमा औषधि खरिद गरेका थिए ।

नेपाल सरकारको सूचीमै नरहेको कम्पनीबाट औषधि खरीद गरेर यहाँका कर्मचारीहरुले रकमको चलखेल गरेको कार्यालय श्रोतले जनाएको छ । जबकी सरकारको सूचीमा रहेको जनआर्शिवाद औषधि कम्पनीबाट खरीद गर्नका निम्ति टेण्डर समेत गरिसकिएको थियो । ‘यो कम्पनीसँग ६७ लाखको औषधि खरीद गर्नुपर्ने थियो’ स्रोतले भन्यो, तर केहि कर्मचारीले भएको टेण्डरको वेवास्ता गर्दै सरकारको सूचीमै नरहेको मनोज कम्पनीबाट औषधि खरीद गरेर आर्थिक चलखेल गरेका छन् ।’

 


time Published on:  2017-07-26    | Read More




"कथा जिन्दगि " गीति एल्बमको बिमोचन कार्यक्रम सम्पन्न 

बिगत लामो समय देखि गित संगितको क्षेत्रमा संघर्षरत नब गायक कुमार शर्माको करिब एक दशक लामो प्रयाश पछि गीति एल्बम कथा जिन्दगिको बुधबार एक समारोहका बिच बिमोचन गरिएको छ।

एपोस्टल मिडिया प्रा.लि पोखरा द्वारा आयोजित उक्त कार्यक्रम दि भिलेज क्याफे एण्ड रेस्टुरेण्ट चिप्लेढुङामा संचालन गरिएको थियो।एपोस्टल मिडिया प्राली पोखराका संचालक अनिल शाहिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी लेखनाथ साहित्य प्रतिस्ठानका अध्यक्ष पद्मराज ढकाल रहनुभएको थियो।।
उक्त एल्बममा तीन ओटा गित हरु समाबेश गरिएको छ।कथा मेरो नामको गित शिर्ष रहेको छ भने अन्य गितहरु चिरा चिरा भएको र धेरै चोटि रेटिएछु नामका गित रहेका छन् ।
पोखराको सर्बेश्वर मार्ग पन्थिगल्लिमा होलसेल फेन्सी पसल राख्नु भएका शर्माले गित संगित आफ्नो अर्को महत्वपुर्ण पाटो भएकाले आगामी दिनहरुमा सांगितिक यात्रामा निरन्तर लागेर नेपाली कला क्षेत्रलाई उचाईमा पुर्याउन तयार रहेको बताउनु भयो।
सानै देखि गित संगित,अभिनय एबम कला क्षेत्रमा आफ्नो रुचि रहेको र उक्त चाहाना आजका दिनमा औपचारिक रुपमा नै पूरा भएकोमा खुशी ब्यक्त गर्नु भयो।
बिमोचन कार्यक्रममा अन्य अतिथिको रुपमा शास्त्रीय संगितका प्रशिक्षक नबराज बराल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ केशब बहादुर खत्री, तारना म्युजिकका संचालक श्रीमान थुलुङ, लगायताका ब्यक्तीहरु रहनु भएको थियो।
उपस्थित ब्यक्तिहरु द्वारा उक्त म्युजिक भिडियो हेरे पश्चात् निकै उत्कृष्ट रहेको समेत जानाकारी दिनु भयो। उपस्थित सबैले गायक कुमार शर्मालाई सफलताको शुभकामना ब्यक्त गर्नु भयो।हाइलाइट्स नेपाल नामक युट्युब च्यानल बाट सो गितहरु अपलोड गरिएको छ। उक्त कार्यक्रमका लागि स्वागत मन्तब्य विशाल बस्ताकोटी ले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सन्तोषी मनले गर्नु भएको थियो।


time Published on:  2017-07-26    | Read More




पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड :

पोखरा, साउन  २ । पोखरामा साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको  बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा उलेख्य भक्तहरुको उपस्थिति रहेका छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

 

गेरुबस्त्र धारण गरेका र्यालीका सहभागीहरुले भगवान शिवको महिमा सम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरे । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण पुजा सगै जलापर्ण गर्ने गर्दछन् । साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


time Published on:  2017-07-17    | Read More




मुग्लिन – नारायणगढ सडकमा दिनहुँ पहिरो, २९ ठाउँमा पहिरोको जोखिम :

चितवन, साउन २  ‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ(काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले आक्रोस पोखे । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

‘बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ’, उनले भने ‘ज्यानको माया मारेर हिँड्नुपरेको छ।’ खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ। यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन। पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए। आजको अन्नपूर्णमा अनिल ढकालले लेखेका छन्।

२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन। सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो। त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो। त्यसपछि पनि दुईपटक म्याद थपिएको छ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो। सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ। अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ। वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन्। कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताए।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ। ठाउँ ठाउँमा पहिरो खस्ने गरेको छ। खाल्डो नपुर्दा जोखिम बढेको छ। गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताए।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन्। उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ। ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन्। सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन्। आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो।

 


time Published on:  2017-07-17    | Read More




फलेवासको बजेट साढे ३७ करोड :

पर्वत, असार ३१ । पर्वत जिल्लाको फलेवास नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागि ३७ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरी पारितसमेत गरेको छ ।

जसमध्ये चालुतर्फ २२ करोड ४० लाख ५७ हजार रहेको छ भने पुँजीगततर्फ १५ करोड १७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

जसमा ५० लाख बराबरको जनसहभागितामा आधारित कार्यक्रमहरु सन्चालन गरिने भएको छ ।

शनिबार सम्पन्न प्रथम नगरसभामा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत् गरेकी थिइन् ।

नगरपालिकाको आयतर्फ आन्तरिक आम्दानी १ करोड २० लाख हुने अनुमान गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्षको मौज्दान ७६ लाख, स्थानीय जनश्रमदान ५० लाख रहेको छ ।

त्यसैगरी, समानीकरण अनुदान १५ करोड ५० लाख ५४ हजार, सःशर्त अनुदान १८ करोड ४१ लाख ९६ हजार र जिल्ला समन्वय समितिबाट १० लाख रुपैयाँ प्राप्त हुने अनुमानसमेत गरिएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि पहिलोपटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा सन्चालन गर्न सकिनेगरी तल्लो तहमा प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई प्राथमिकतामा राखिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी बताए ।

बजेटमा नगरपालिकाका सबै वडासम्म सडकको पहुँच विस्तार गर्ने, बागलुङको दक्षिण क्षेत्रका नागरिकहरु र देवीस्थान, शंकरपोखरी, कार्किनेटा हुँदै पोखरा जाने सहज यातायातको विस्तार गर्ने, ल्यान्डफिल्ड साइट निर्माण, ल्यान्डलिंक सिटीकोरुपमा विकास गर्ने योजनालाईसमेत प्राथमिकता दिइएको छ ।

गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने र वन पर्यटन, उद्योग, जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवाहरुलाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ ।


time Published on:  2017-07-15    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np