Latest News and Updates

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन गर्दै  :

सार्कीको ससुराली बैजनाथ ३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ। पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए। सासुसुराले पत्नि रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उनी बताउँछन् । ससुराली नजिक रहेको खेतको डिलमा उनी पाँच दिनदेखि भोकभोकै रातदिन कटाई रहेका छन् ।

पानीको सहारामा उनी बाचिरहेका छन्। पत्निलाई उक्साए र दवाव दिएर अन्तै भगाएको र आफूविरुद्ध उल्टो मुद्धा चलाउन लगाएको उनको आरोप छ । उनले ससुरालीमा पत्नि रत्नालाई जसरी पनि आफू अगाडी ल्याउनुपर्ने अडानमा छन् ।

रत्नाका बुवा ससीराम दर्लामीले छोरीलाई देलेखबाट नौवस्तामा ल्याउन आफन्त पठाएको र दुई दिमा आउने बताए। आफू केटाकेटीको घरबार विगार्ने पक्षमा नरहेको बताउँदै छोरीलाई ल्याएर केटाको अगाडी छलफल गर्ने भने। ‘छोरी आएपछि केटासंग बस्ने नबस्ने उसको हातको कुरा हो,’ उनले भने, ‘केटीले चाहे भनि हामी पनि राजी छौ ।’

 


time Published on:  2017-07-30    | Read More




फेवातालमा जीप खस्यो, एक जनाको मृत्यु ;

पोखरा, साउन १५ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ सेदीबगर रातमाटेमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । पोखरा १८ पामेबाट पोखरा फर्कने क्रममा राती ग.१य. ८७९ नम्बरको जीप रातमाटेबाट फेवाताल नजिक खसेको थियो ।

दुर्घटनामा परी भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मुत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

गम्भीर घाईते हुनेमा भोजपुर घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने विष्णु राई र भक्तबहादुर राई रहेको छन् । उनीहरुको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ ।

दुर्घटनामा अन्य ३ जना सामान्य भएको र उनीहरुको पनि फिस्टेल हस्पिटलमै उपचार भइरहेको छ । दुर्घटनाका बारेमा अुनसन्धान भइरहेको प्रहरीको भनाई छ ।


time Published on:  2017-07-30    | Read More




नेपालकै अग्लो पुलबाट हाम फालेर जोडीले गरे हात्महत्या  :

 

kushma-gyadi bridgeपर्वत,साउन १५ ।। नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन ।

पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन ।
पुलबाट रातको समयमा हाम फालेका अन्दाजी ३५–४० बर्षको पुरुष र ३० बर्षकी महिला जोडीको मोदीखोला किनारमा शब भेटिएको छ । राती करिब १० बजेको पुलमा बेवारिसे झोला भेटिएपछि आत्महत्या गरेको आशंकामा रातको समयमा खोजी गर्दा शब फेला परेको थिएन । बिहान शब देखिएपछि नदी किनारबाट शब प्रहरीले निकालेको छ । झोलामा पहिचानका अन्य सामाग्री नभेटिएका कारण आत्महत्या गर्ने जोडीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए । झोला टे«किङ्गमा प्रयोग हुने खालको देखिएकोले जोडी अग्ला पुल घुम्न आएको अनुमान गरिएको छ ।


time Published on:  2017-07-30    | Read More




 

कास्कीमा ४ निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी  :

पोखरा, साउन १४ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश नम्बर–४ मा राय–सुझाव संकलन गरेको छ ।

आयोगका सदस्य प्रा.डा. विश्वकल्याण पराजुली नेतृत्वको टोलीले त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी र पत्रकारहरुसँग परामर्श गरेको हो । सो प्रदेशका ११ जिल्लामा २४ ओटा निर्वाचन क्षेत्र रहेका छन् ।

शनिबार पोखरामा भएको कार्यक्रममा जनसंख्यालाईमात्र हेरेर क्षेत्र निधारण गर्ने हो भने हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्लालाई अन्याय हुने सहभागीको सुझाव थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कास्कीमा यसअघि निर्धारित् ४ क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी दिए ।

उनले आयोगले हिमाल, पहाड र तराईमा कति क्षेत्र रहने हो भन्नेबारेमा कुनै कार्यविधि नभएको टिप्पणी गर्दै त्यस क्षेत्रको लागि सम्पूर्ण आधार पर्याप्त रहेको उल्लेख गरे ।

 


time Published on:  2017-07-29    | Read More




 

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु :

कालीकोट, साउन १४ । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ ।

शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताए ।

मृतक गोरीकला फर्सालका पाँच छोरी रहेको बताइएको छ ।

जिल्ला अस्पताल कालीकोटका अनुसार गएको महिना बच्चा जन्माउन नसक्दा एकमहिलाको मृत्यु भएको थियो । तिलागुफा नगरपालिका निवासी ती महिलालाई सरकारले हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याउँदा मृत्यु भएको थियो ।

जिल्ला अस्पताल कालीकोटका प्रमुख रवीन खड्काले स्रोत साधनको अभावका कारण उपचार गर्न नसकिएको बताउँछन् ।

 


time Published on:  2017-07-29    | Read More




बस दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते :

इटहरी, साउन १४ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार (आज) अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन् ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त यात्रुवाहक बस तीव्रगतिका कारण सडकदेखि पाँच मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घाइते पाँचैजनाको इटहरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 


time Published on:  2017-07-29    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np