Latest News and Updates

सुनको भाउमा ४०० ले कमी :

काठमाडौं, साउन ३१ । मंगलबार सुनको भाउमा गिरावट आयो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सोमबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ७९ डलर हाराहारीमा कारोबार भएको थियो ।


time Published on:  2017-08-15    | Read More




अस्थायी शिक्षकको परीक्षा सर्‍यो, भदौ १० गते हुने :

काठमाडौं, साउन ३१ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एकसातापछि सारेको छ ।

यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो ।

मुलुकभर बाढीपहिरोका कारण आवत–जावत गर्न समस्या परेको भन्दै परीक्षा एकहप्ता पछाडि सार्नु परेको प्रमुख पौडेलले बताए ।

देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउन लागि शिक्षा ऐन–२०२८ (आठौं संशोधन)ले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो ।

परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे तापनि १५ हजार ६९० ले मात्र दरखास्त दिएका थिए ।

आन्दोलनरत् अस्थायी शिक्षक संघर्ष समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले परीक्षा सारेर आफ्ना माग पूरा गरेको बताउँदै शिक्षा ऐन संशोधन गरी परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्ती दिइने व्यवस्था गर्नुपर्ने माग गरे ।

यसैबीच, आयोगका अध्यक्ष र सदस्यहरुले पाँचदिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको आयोगले जनाएको छ । 


time Published on:  2017-08-15    | Read More




पोखराको दुई ठाउँमा प्रहरीको छापा, जुवा खेल्दै गरेका २ महिला सहित १८ जना प्रक्राउ :

कौडा खेल्दै, जुवा खेल्दै । तस्विर ः गुगल

११ का ४९ बर्षिय भिम बहादुर तिमिल्सेना, ४८ बर्षिइ यज्ञ कुमार गौचन, रामबजारका २८ बर्षिय नविन गौचन, मालेपाटनका ३८ बर्षिय ठाकुर प्रसाद गुरुङ, ३५ बर्षिय संगिता गुरुङ र ३५ बर्षिय कृष्ण कुमारी गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

त्यसै गरि पोखरा ७ रत्नचोक स्थित भुपु खाजा घरमा जुवा खेलीरहेका १० जना सहित ६ बुक तास, नगद ५७ हजार ६ सय १० सहित प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा पोखरा ७ रत्नचोकका ३८ बर्षिय अर्जुन घर्ती, ३६ बर्षिय विनोद थापा, ३८ बर्षिय होत बहादुर खत्री, पोखरा ८ सृजनाचोकका २८ वर्षिय दिनेश कार्की, गैह्रपाटनका २५ बर्षिय चन्द्र नेपाली, ५२ बर्षिय नारायण पोख्रेल, ५२ बर्षिय ईश्वर थापा, रत्नचोकका ४० बर्षिय खुम गुरुङ, ४९ बर्षिय गगन बस्नेत, ४२ बर्षिय ललन गुप्ता रहेको प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिए ।

 


time Published on:  2017-08-15    | Read More




चीनमा शक्तिशाली भूकम्प :

बेइजिङ, साउन २४ । चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सीइएनसी)ले जनाएको छ ।

स्थानीय समयअनुसार मंगलबार राति ९ः१५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सीइएनसीले जनाएको छ ।

भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे अहिलेसम्म केही जनाइएको छैन 


time Published on:  2017-08-08    | Read More




रामेछापमा बाढी–पहिरोबाट विस्थापितलाई प्रतिपरिवार पाँच लाख : गृहमन्त्री ;

रामेछाप, साउन २१ । गृहमन्त्री जनार्दन शर्माले रामेछापको लिखु गाउँपालिकामा बाढी–पहिरोबाट विस्थापितहरुलाई एक हप्ताभित्र खानेपानी, सडक र विद्युत् सुविधा उपलब्ध गराउन सरोकारवालालाई निर्देशन दिएका छन् ।

शनिबार रामेछापमा बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

गत असार ३१ गते रामेछापको छरौतीखोलामा आएको बाढीले दुईजनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् ।

बाढी–पहिरोबाट २६ घरपरिवार विस्थापित भएका छन् । बाढी–पहिरोबाट विस्थापितहरुलाई जग्गा किन्न प्रतिपरिवार दुई लाख र घर बनाउन तीन लाख रुपैयाँ सरकारले उपलब्ध गराउने उनको आश्वासन थियो ।

यसैबीच, गृहमन्त्री शर्माले बाढी–पहिरोमा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ र विस्थापितलाई प्रतिपरिवार १० हजार रुपैयाँ वितरण गरेका छन् ।


time Published on:  2017-08-05    | Read More




पाकिस्तानमा २५ वर्षपछि पहिलोपटक हिन्दू नेता बने केन्द्रीय मन्त्री :

पाकिस्तान, साउन २१ । मुस्लिम मुलुक पाकिस्तानमा २५ वर्षपछि पहिलोपटक हिन्दु नेता डा.दर्शन लाल केन्द्रीय मन्त्रिमण्डलमा पर्न सफल भएका छन् ।

सिन्ध प्रान्तका डा.दर्शन लाललाई अन्तरिम प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नो मन्त्रिमण्डलमा राज्यमन्त्री बनाएका छन् ।

भ्रष्टाचार काण्डमा नवाज शरिफ मुछिएपछि अब्बासी अन्तरिम प्रधानमन्त्री बनेका हुन् । उनले डा.दर्शन लालसहित शरिफको सरकारमा मन्त्री नबनेका ६ जना नयाँ अनुहारलाई पनि आफ्नो सरकारको मन्त्री बनाएका छन् ।

डा.दर्शन लाललाई खैबर पख्तुनख्वा, पन्जाब, सिन्ध र बलुचिस्तान गरि चार प्रान्तको संयोजकको जिम्मेवारी पनि तोकिएको छ । उनी सन् २०१३ मा दोस्रोपटक नवाज शरिफको पाकिस्तान मुश्लिम लीग–‘नवाज पीएमएल एन’ पार्टीका तर्फबाट अल्पसंख्यक कोटाबाट सांसद चुनिएका थिए ।


time Published on:  2017-08-05    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np