Latest News and Updates

निगममा भ्रष्टचार गर्नेलाई छाड्दीन मन्त्री–मण्डल :

पोखरा, ३ भदौ आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगममा भएको भ्रष्टचारको विषयमा दोसी भेटिए कसैलाई पनि नछाड्ने बताएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको बाहौ साधारणसभा तथा छैठौ महाधिबेशनको पोखरामा उद्घाटन गर्दै मन्त्री मण्डलले मन्त्रालय अन्तरगत कुनै पनि ठाउँमा भ्रष्टचार भएको पाए कुनै पनि हालतमा नछाड्ने बताए । 

जस्तो सुकै परिस्थितीमा पनि दोषीलाई कारबाही गरेर छोड्ने उनको दाबी छ । दोषी ठहर भएको खण्डमा कारबाही गर्ने कुरामा मन्त्रालय दृढतापूर्वक लाग्ने बताए । उनले पेट्रोलियम व्यवसायमा आधुनीकिरण आवश्यक रहेकोमा जोडदिए । आधुनीकिरण गर्न सरकारी र निजी क्षेत्र दुबै लाग्नु पर्ने उनको भनाई छ । उनले नेपाली ग्यास बुलेटमा आएको समस्या छिटै समाधान हुने बताए । समाधानका लागि प्रधानमन्त्रीले भारत भ्रमणका बेला राख्ने एजेण्डामा समाबेस भएको बताए ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरि भण्डारण क्षमता पु¥याउने बताए । उनले जस्तो सुकै परिस्थितमा पनि ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता पु¥याउने गरि काम भइरहेको बताए । जग्गा खरिद ’bout सञ्चार माध्यममा आएका समाचारले आफुलाई केही फरक नपर्ने बताए ।

उनले आयल निगम भित्रै सिस्टममा सुधार गर्नु पर्ने अवस्था रहेको बताए । आयल निगमलाई समाप्त पार्ने खेलमा केहि तत्व लागेको भन्दै खड्काले निगमलाई बचाउन सबै लाग्नु पर्ने बताए । उनले ट्याङकरमा लकर सिस्टमलाई छिटै पुरा गर्ने बताए । अहिले सम्म ४ सय ट्याङकरमा लकर राखिसकिएको र बाकि रहेकामा पनि क्रमश राख्दै जाने बताए । उनले पम्ममा जादाको लसलाई नाप तौल तथा गुणस्तरले दिने रिपोटका आधारमा कार्यान्यन गर्ने बताए ।

कार्यक्रममा व्यवसायीहरुले नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउन नपाउदा व्यावसायीलाई मर्का परेको, पेट्रोलीयम पद्धार्थमा लस बढ्दै गएको लगाएतका समस्याहरु रहेको बताएका थिए । दुई दिन सम्म सञ्चालन हुने अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी समितिका देशभरबाट करिब २ सय जना प्रतिनिधिहरु सहभागी भएको छन् ।


time Published on:  2017-08-19    | Read More




नेपाली फुटबल टोलीको जापानमा विजोग, लगातार तेस्रो हार :

भदौ ३ । जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ ।

भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार भिसेल कोबेको १८ वर्ष मुनीको टोलीसँग ४-२ को हार बेहोरेको हो ।

नेपालका लागि बिमल घर्ती मगर र भरत खवासले गोल गरेका थिए । यसअघि नेपाल जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५-० ले तथा हनाम विश्वविद्यालयको टोलीसँग ६-० ले पराजित भएको थियो ।

एसिया कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा भने गाम्बा ओसाका २३ वर्ष मुनीको टोलीसँग १-१ को बराबरी खेल्दा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २-१ ले हराएको थियो ।

नेपालले ताजकिस्तानविरुद्ध भदौ २० गते घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । गत चैतमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको नेपालले जेठमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।


time Published on:  2017-08-19    | Read More




पानीमा डुबेर एक बालकसहित तीनजनाको मृत्यु :

दमक, भाद्र ३ । झापा जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर शनिबार (आज) एकबालकसहित तीनजनाको मृत्यु भएको छ ।

गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार (आज) अपराह्न गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माईखोला तर्न खोज्दा भेलले बगाउँदा मगरको मृत्यु भएको थियो ।

त्यसैगरी, घरनजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा राईको डुबेर मृत्यु भएको हो भने ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


time Published on:  2017-08-19    | Read More




स्नातक तह प्रथम वर्षको परीक्षा सर्‍यो :

३२ साउन । देशका विभिन्न भू-भागमा गएको बाढी पहिरोका कारण स्नातक तह प्रथम वर्षको परीक्षा सरेको छ । यसअघि भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

जोशीका अनुसार भदौ ४ गते हुने परीक्षालाई १७ गते, ५ गतेकोलाई २४ गते, ६ गतेको परीक्षा २८ गते, ७ गतेको परीक्षा २९ गते र ९ गतेको परीक्षा ३० गतेका लागि तय गरिएको छ ।

११ गतेदेखिको परीक्षा भने पुरानै तालिकाअनुसार सञ्चालन हुनेछ ।


time Published on:  2017-08-16    | Read More




स्वाइन फ्लूका बिरामीलाई अस्पतालले भर्ना लिएन, विमानले बोक्न मानेन :

३१ साउन, नेपालगञ्ज । रोल्पाका सुमन बिक रुघाखोकी लागेपछि साउन २७ गते साँझ भेरी अञ्चल अस्पताल भर्ना भए । भोलिपल्ट चिकित्सकले उनलाई सिजनल फ्लू भएको भन्दै काठमाडौं वा लखनउ जान सुझाए ।

सुमन आफैं स्वास्थ्यकर्मी हुन् । डुब्रिङ ६ स्थित हेल्थपोष्टमा ग्रामिण स्वास्थ्य कार्यकर्ता उनी उपचारका लागि बुबा र श्रीमतीसहित नेपालगञ्ज आएका थिए । स्वाइन फ्लू लागेको थाहा भएपछि परिवारले २८ गते भारतको लखनउतर्फ लगे ।

 

तर, त्यहाँ साहारा र पीजीआई अस्पतालले भर्ना लिएनन् । निजी अस्पतालले दिल्ली वा काठमाडौं जाने भनेपछि मंगलबार विहान नेपालगञ्ज नै फर्किए ।

तर, स्वाइन फ्लूको बिरामी भन्दै भेरी अञ्चल अस्पतालका साथै अन्य अस्पतालले पनि भर्ना लिन मानेनन् । ‘यो थाहा पाएपछि म आफैं नेपालगञ्ज मेडिकल कलेजको नर्सिङ होममा गएँ तर, उनीहरुले सुमनलाई भर्ना लिन मानेनन्,’ हेल्पिङ भ्वाइस नेपालका रामसुहाउन साहले अनलाइनखबरसँग भने, ‘अक्सिजन मात्र भएपनि दिनुस् भन्दा पनि दिएनन् ।’

बिक उपचारका लागि विमानबाट काठमाडौं जान चाहे । डाक्टरबाट ‘फिट टु फ्लाइट’ अर्थात् हवाई यात्रा गर्न सक्छ भन्ने प्रमाणित पनि गराए । तर, टिकट पाएनन् । विमान चार्टर गर्न ३ लाख ५० हजार रुपैयाँ चाहिने भयो । जसोतसो पैसा जोहो गरेर उनले सीता एयरको विमान चार्टरका लागि बुकिङ गरे ।

उनी काठमाडौं आउन विमानस्थल पुगेर विमान पनि चढे । तर, उड्नुअघि परिचारिकाले सोधिन्, के रोग हो ? । सँगै रहेकी सुमनकी पत्नीले सिजनल फ्लू भएको बताइन् ।

हत्तपत्त परिचारिका विमानबाट झरिन् र नजिकै रहेका पाइलटलाई सुनाइन् । लगत्तै उनलाई लैजान नसक्ने जानकारी दिइयो ।

त्यसपछि उनलाई एम्बुलेन्स खोजेर काठमाडौं पठाइएको अधिकारकर्मी रामसुहाउन साहले बताए ।

तर, लगातारको वर्षापछि आएको बाढीका कारण सडक राम्ररी सुचारु हुन सकेको छैन ।

सीता एयर, नेपालगञ्जका मनोज भारतीले सुमनलाई काठमाडौं नलगेको स्वीकार गरे । उनले भने, ‘बुक गर्दा बिरामी मात्रै भनेको थियो तर, सरुवा रोग भनेपछि लान मिलेन ।’

अहिले सो विमानका सबै कर्मचारी स्लाइन फ्लूको भ्याक्सीन लगाउन मेडिकल कलेज पुगेको उनले बताए ।

 


time Published on:  2017-08-15    | Read More




डा. गोविन्द केसीद्वारा २३औं दिनमा अनशन स्थगित :

काठमाडौं, साउन ३१ । चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले मंगलबार साँझ अनशन स्थगित गरेका छन् ।

बाढी–पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् ।

मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमा पत्रकार सम्मेलन गर्दै डा. केसीले सबैको ध्यान विपत्तितर्फ केन्द्रित गर्न बाधा नपुगोस् भनेर अनशन स्थगित गरेको बताए ।

मेडिकल माफियाविरुद्धको आन्दोलन जारी रहेको भन्दै उनले माथेमा प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन नबनाए पुनः अनशन बस्ने पनि बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा सत्याग्रह स्थगित गरिएपनि ऐन बनाउने क्रममा तोडमोड गरिए फेरि अनशनमा उत्रने चेतावनी दिइएको छ ।

अनशन स्थगित गरेलगत्तै डा. केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालकै आइसीयुमा भर्ना गरिएको छ ।

 


time Published on:  2017-08-15    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np