Latest News and Updates

मनाङको नारफू गाउँपालिकामा काग्रेसका उमेद्वार निर्विरोध निर्वाचित :

बैशाख २० । हिमाली जिल्ला मनाङको नारफू गाउँपालिकामा मिङ्मा छिरिङ लामा गाउँपालिका प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् । नार गाउँपालिका १, नारगाउँका ४३ वर्षीय लामा बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मुलुककै गाउँपालिकामध्येबाट पहिलो निर्विरोध निर्वाचित भएका हुन् ।

 गाउँपालिकाको अध्यक्षमा उनीबाहेक कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका लामा निर्विरोध भएका निर्वाचन अधिकृतको कार्यालय स्रोतले बतायो । यद्यपी निर्विरोध निर्वाचत घोषणा भने गरिएको छैन । १ देखि ५ वडासम्म रहेको नारफू गाउँपालिकाको सवै वडा निर्विरोध भएको छ । वडा नं. १ देखि ३ सम्म कांग्रेस र वडा नं. ४ र ५ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध भएका हुन् । 

उपप्रमुखमा २ जनाको उम्मेदवारी परेपछि अहिले मिलाउने प्रयास भइरहेको छ । उपाध्यक्षमा कांग्रेसबाट फूर्पा जोम्पा लामा र स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले उम्मेदवारी दिएका थिए । ‘एकजनाको उम्मेदवार बन्ने योग्यता देखिँदैन । अर्कोलाई निर्विरोध बनाउने प्रयास भइरहेको छ । कुरा मिल्दैछ’ स्रोतले भन्यो ।

सम्भवतस् मुलुकको सवैभन्दा कम मतदाता संख्या भएको नारफू गाउँपालिकामा ३ सय ६२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।


time Published on:  2017-05-02    | Read More




डीभी चिट्ठाको नतिजा सार्वजनिक, कसरी थाहा पाउने नतिजा ?

वैशाख २० । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०१८ को नतिजा मंगलबार (हिजो)राति सार्वजनिक गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार (हिजो) राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित भएको छ । 

दूतावसको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ तारिखसम्म अनलाइन आवदेन दिएकाहरुको नामावली चिट्ठामार्फत् सार्वजनिक गर्न लागिएको हो । दूतावसले डीभी विजेताहरुलाई इमेल व अरु कुनै माध्यममार्फत् कुनै जानकारी नगराउने उल्लेख गर्दे कुनैपनि शुल्कको लागि अनुरोध नगर्ने जानकारी गराएको छ ।

EDV-2018 result नतिजा सम्बन्धि जानकारी यसै Electronic Diversity Visa Lottery पेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको र अमेरिका जाने योग्यता सेप्टेम्बर ३०, २०१८ सम्म हेर्न सकिनेछ|


time Published on:  2017-05-02    | Read More




घाईतेको उपचार नर्गने अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग बिरोध ¥याली

पोखरा, ११ वैशाख  ‘सरकार ४० लाखमा मानवीय संवेदनाको शिक्षा पनि दिलाउ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरु उभिएका थिए । उनीहरुले ‘पहिले मानव अनि डाक्टर बन’, ‘तिम्रा आन्दोलन ठूलो कि घाईतेको ज्यान ?’, ‘डाक्टरको काम जीवनदान कि मृत्यु ?’, ‘उपचार नगर्ने डाक्टर हुँदैनन्’ जस्ता नाराहरु सेतो कागजमा स्पष्ट देखिन्थे ।

बिरोध स्वरुप कालो रंगको ब्यानरमा पीडाले छटपटाईरहेका घाईतेको उपचार नगर्ने संवेदनहीन मनिपाल शिक्षण अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग सहित बिरोध ¥याली लेखिएको थियो ।

 
 
 

आईतबार साँझ मानवअधिकार चोकमा भेला भएर पोखरामा सक्रिय फेसबूक ग्रुप वी आर वान (डब्लूएओ) ले यसरी विरोध जनाएको थियो । शनिबार मुक्तिनाथ दर्शन गरेर फर्कंदा बस दुर्घटनामा परेर घाइते भएकालाई उपचार नगरेपछि युवाहरु यसरी बिरोधमा उत्रेका हुन् । मानवअधिकारचोक, चिप्लेढुंगादेखि बिपीचोक हुँदै महेन्द्रपुलसम्म ¥याली गरेका थिए ।

ग्रुपका संयोजक सूर्य तिमिल्सिनाले त्यति टाढाबाट ल्याएका गम्भिर बिरामीहरु आधा घण्टासम्म अस्पताल परिसरमा छट्पटाउँदा समेत अस्पताल र चिकित्सकले आफ्नो धर्म बिर्सिएको गुनासो गरे । ‘जस्तोसुकै आन्दोलन भएपनि आकस्मिक विपद्मा परेर ल्याईएका बिरामीलाई फर्काउनु अत्यन्त खेदजनक कार्य हो । ज्यान भन्दा ठूलो आन्दोलन हुन सक्दैन’ – उनले भने– ‘मनिपाल अस्पताल बेलाबेलामा यस्तै घटनामा मुछिने गर्छ । अस्पताल व्यवसाय मात्र होईन । मानवीय दायित्व पनि पूरा गर्नुपर्छ ।’

तीर्थयात्राको क्रममा मुक्तिनाथ बाट फर्कदै गर्दा कागबेनी नजिकै बस दुर्घटना भएको थियो । पाँच जनाको मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । आधा घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याईएको थियो ।

 


time Published on:  2017-04-23    | Read More




सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती

 

यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् ।

यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ । त्यसैगरी बेलको पत्रलाई अन्य तरिकाले प्रयोग गरे पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ । तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नु हुनेछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

 

 


time Published on:  2017-04-23    | Read More




स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा

पोखरा ११ बैशाख । चिकित्सकको आन्दोलनका कारण पछिल्लो दुई महिनादेखि बन्द पोखराको मनिपाल शिक्षण अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

स्थानीयको ब्यापक दवावपछि पोखरा महानगरपालिका वडा न. ११ फूलवारी स्थित मनिपाल शिक्षण अस्पतालका आन्दोलकारी चिकित्सक र अस्पताल प्रशासन बीच सहमति भएको र सोमवार विहान ८ वजे देखि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालन गर्ने सहमति भएको छ ।

manipal hospital pokhara

नेपाली चिकित्सकले विभिन्न माग राखि गत फागुन १ गते देखि आन्दोलन गरेका थिए । आन्दोलनको कारण अस्पतालको ओपिडि देखि इमरजेन्सी सम्मका सेवाहरु ठप्प भएका थिए । शनिवार मुस्ताङमा भएको बस दुर्घटनाका गम्भिर १५ घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि ल्याइएकोमा उपचार गर्न नसक्ने भन्दै अन्यत्र पठाएपछि मनिपाल अस्पताल र त्यहाका चिकित्सकको चर्को आलोचना भएको थियो ।

स्थानीय फुलबारी क्लबले आन्दोलनरत चिकित्सक र प्रशानलाई बार्ताका लागि दवाव दिएपछि आइतवार भएको वार्तामा अस्पतालका सम्पूर्ण सेवा सोमवारदेखि सुरु गर्ने सहमति भएको हो । दुर्घटनाका गम्भिर घाइतेलाई उपचार गर्न नमानेको भन्दै स्थानीयवासीले शनिबार साझँ अस्पतालको गेटमा तालाबन्दी गरी आइतवार विहान आन्दोलनमा रहेका चिकित्सकलाई समेत नियन्त्रणमा लिएका थिए । स्थानीयको दवाव र चौतर्फी चर्को आलोचना खेपेपछि अन्नत अस्पतालको सेवा पुन सुरु हुन लागेको हो ।

 


time Published on:  2017-04-23    | Read More




बोर्डिङ स्कुल छोडेर सरकारीमा भरिए विद्यार्थी

पोखरा ११ बैशाख । आडैमा रहेको बोर्डिङ स्कुल छोडेर भरतपोखरीकी नम्रता काफ्ले दुई बर्षअघि सरकारी स्कुलमा भर्ना भईन् । ८ कक्षासम्म नजिकैको मर्निङ ग्लोरी एकेडेमीमा पढेकी नम्रता अहिले सरस्वति टिका माविमा पढ्छिन् । बाघमारा एकेडेमीमा पढ्ने श्याम आचार्य र गगनगौंडाको हाईवे गार्डेनमा पढ्ने रोशनी गौतम पनि अघिल्लो साता सरस्वति टिका मै भर्ना भए ।

न्यूनतम शुल्कमा बोर्डिङमा झैं अंग्रेजी माध्यमबाट पढाउन पाएपछि भरतपोखरीका अधिकाशं अभिभावकले नीजि स्कुलबाट निकालेर छोराछोरीलाई सरकारीमा पठाउन थालेका छन् । सरस्वति टिकामा मात्रै यो बर्ष नीजि स्कुल छोडेर १ सय २७ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो बर्ष झण्डै चार सय बिद्यार्थी बोर्डिङ छोडेर आएका थिए । सबैभन्दा बढी ६ कक्षामा २१ जना निजी स्कुलका विद्यार्थी भर्ना भएका छन् । यस्तै एलकेजीमा १४, युकेजीमा १३, १ कक्षामा ११, २ मा ७ जना, ३मा १८ जना, ४ मा १३ जना, ५ मा ११ जना, ७ मा १९ जना, ८ मा १४ जना र ९ मा १० जना विद्यार्थी निजी विद्यालयबाट भित्रिएका विद्यालय प्रशासनले जनाएको छ ।

अंग्रेजी माध्यमबाट पढाउन थालेपछि सरकारी स्कुलमा आकर्षण बढेको अभिभावकहरु बताउँछन् । ‘सरकारी स्कुलमा पहिले खासै राम्रो पढाई हुन्थेन । छिमेकीका छोराछोरी बोर्डिङ जान थालेपछि हाम्रा पनि कनकन गर्न थाले, अभिभावक गीता गौतम भन्छिन्–अहिले बोर्डिङ भन्दा राम्रो पढाई सरकारीमा हुन्छ । पैसा धेरै तिर्दैमा राम्रो पढाई नहुने रहेछ ।’ सरस्वति टिका माविमा अंग्रेजी र नेपाली माध्यमको छुट्टाछुट्टै पढाई हुन्छ । नेपाली माध्यममा पढ्नेले शुल्क तिर्नुपर्दैन भने अंग्रेजी माध्यमबाट पढ्नेले तह अनुसारको शुल्क तिर्छन् ।

बोर्डिङ स्कुल छोडेर सरकारीमा भरिए विद्यार्थी

 

अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीले तह अनुसार २ सय ५० देखि ११ सय रुपैयाँ सम्म तिर्नुपर्छ । ‘आर्थिक अवस्था कमजोर भएकाले मात्रै छोराछोरी सरकारीमा पठाउथे । खान लाउन पुग्नेहरुले बोर्डिङ नै रोज्थे, अर्की अभिभावक सृजना पौडेलले भनिन्–अंग्रेजी पढ्ने लहर थियो, त्यसैले भेष बसाउन बोर्डिङ पठाएका हौं ।’ सरकारीमा पनि अंग्रेजी माध्यममा पढाउन पाएपछि मन जागेको पौडेल सुनाउँछिन् । खासगरि माथिल्लो कक्षामा निजी विद्यालय छाडेर सरकारीमा भर्ना हुने दर बढी छ । बोर्डिङबाट एसएलसी पास गरेको भन्दा सरकारीको प्रमाणपत्रले बढी अवसर पाउने अभिभावकहरुको बुझाई छ ।

निजी स्कुलहरु सरकारीको तुलनामा निकै महंगो हुन्छन् । तैपनि अंग्रेजी शिक्षा प्रतिको आकर्षणले अभिभावकहरुलाई निजीमै पढाउने बाध्यता हुन्छ । ‘अंग्रेजीमा पढाई हुने सरकारी स्कुलमा बिद्यार्थीको चाप निकै बढी छ । हामीले पनि धेरै विद्यार्थी भएपछि प्रबेश परीक्षा लिएर मात्रै भर्ना गरेका हौं, सरस्वति टिका माविका प्रधानध्यापक लाल प्रसाद भण्डारीले भने–विद्यार्थीको आकर्षण बढेपछि चाहेर पनि सबै विद्यार्थी भर्ना गर्न सकेका छैनौं ।’ ब्यवस्थापकीय पक्ष मात्रै सुधार गर्न सके पनि विद्यालयको गुणस्तर बढ्ने उनले बताए ।

विद्यार्थी चापका कारण विद्यालयले थप भौतिक संरचना समेत निर्माण गरिरहेको छ । भारत सरकारको सहयोगमा हाल १२ कोठे पक्की भवन निर्माणको चरणमा छ । यस्तै न्यू साडल नामक गैर सरकारी संस्थाले पनि ६० लाखको लागतमा ४ कोठे भवन निर्माणमा सघाएको भण्डारीले जानकारी दिए । विद्यालयमा हाल ९ सय ६६ जना विद्यार्थी पढ्छन् । त्यसमध्ये ५ सय ४७ जना अंग्रेजी माध्यमका छन् । ‘बोर्डिङ स्कुल खुलेपछि बिद्यार्थी संख्या पनि घटदै गयो । बिद्यालयमा बिद्यार्थी सकिएर मर्ज गर्ने अवस्थासम्म पुगेको थियो, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले भने–पछि स्कुल स्टाफका छोराछोरीलाई आफ्नै स्कुलमा पढाउनुपर्ने अनिवार्य नियम बनायौं ।

अनि राम्रो नतिजा निकालेपछि विस्तारै विद्यार्थी बढ्दै गए ।’ निजीबाट भर्ना भएका विद्यार्थीहरु पनि सन्तुष्ट छन् । ‘सुरुमा आउँदा अप्ठेरो लाग्थ्यो । अंग्रेजी भनेपनि विश्वास लागेको थिएन, १० कक्षामा अध्ययनरत नम्रता काफ्ले भन्छिन्–मैले पढेको बोर्डिङ भन्दा राम्रो फ्यासिलिटी यहाँ छ । बोर्डिङ र सरकारी स्कुलमा कुनै फरक देखिनँ ।’ विद्यार्थी संख्या कम भएकै कारण कास्कीका झण्डै ४० वटा सरकारी विद्यालय मर्ज भैसकेका छन् । विद्यालयको उपलब्धीको स्तर अनुसार जिल्ला शिक्षा कार्यालयले अनुदान ब्यवस्था गर्छ ।

पछिल्लो समय सरकारी स्कुलको शैक्षिक गुणस्तर बढेपछि निजीबाट विद्यार्थी फर्कने क्रम बढेको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल बताउँछन् । सरकारीमा विद्यार्थी फर्किनु खुशीको बिषय भन्दै उनले फर्किएका विद्यार्थी टिकाउने गरी ठोस योजना बनाउन पनि विद्यालयहरुलाई सुझाएका छन् । उनले विद्यार्थीको चापलाई मुल्याकंन गरेर पूर्वाधार निर्माणमा सघाउने प्रतिबद्धता जनाए ।


time Published on:  2017-04-23    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np