Latest News and Updates

चन्द्रागिरिमा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु :

वैशाख २१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारमा बुधबार इनार सफा गर्ने क्रममा अचेत भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

विहान पौने ८ बजे गुर्जुधारास्थित दुर संचार नजिकैका रविन्द्र घिमिरेको घरको इनार सफा गर्ने क्रममा मकवानपुर पालुङ्गका २९ वर्षीय शीतल तामाङ्ग अचेत भएका थिए ।

उनको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पताल सतुङ्गलमा पौने ९ बजे मृत्यु भएको हो । अक्सिजनको कमीले तामाङ्ग इनारभित्र अचेत भएको बताइएको छ ।


time Published on:  2017-05-03    | Read More




सेमेस्टर प्रणालीले विश्वविद्यालयमा विद्यार्थी अभाव :

बैशाख २१ । त्रिभुवन विश्वविद्यालयले सबै विषयलाई सेमेस्टर प्रणालीमा लगेसँगै समस्या पनि बढ्दै गएको छ । विद्यार्थीहरुको अभावमा केही विषयहरु सञ्चालनमा कठिनाई भएको छ ।

सेमेस्टर प्रणालीमा एउटा कक्षामा कम्तिमा ४० जना विद्यार्थी आवश्यक हुने प्रावधान छ । तर कतिपय विषयमा दुई र पाँच जनासम्म मात्र विद्यार्थीहरु भएपछि अब ति विषय संचालन गर्ने नगर्नेबारे विश्वविद्यालय आफंै दुविधामा छ । इतिहास , सस्कृत, भुगोल, राजनीति शास्त्र, नेपाली, नेपाल भाषा लगायतका विषयमा विद्यार्थी संख्या निकै कम छ । विद्यार्थी संख्या निकै कम भएका विषयहरुलाई केही सिमित क्याम्पसमा मात्र संचालन गर्ने गरी विश्व विद्यालयले तयारी अघि वढाएको छ ।

विद्यार्थी संख्या निकै कम रहेका विभागमा १२ जनासम्म प्राध्यापकहरुको दरबन्दी छ । त्रिभुवन विश्व विद्यालयकी शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले दश जना भन्दा कम विद्यार्थी संख्या भएको अवस्थामा सबै क्याम्पसहरुमा ति विषय पठन पाठन नगराउने गरी तयारी अघि वढेको बताइन् ।

एकातिर विद्यार्थी संख्या कम भएका विभागमा दरबन्दी धेरै छ भने अर्कोतिर विद्यार्थीको अधिक चाप भएका आम संचार लगायतका विषयमा दरबन्दी निकै कम छ । रत्नराज्य लक्ष्मी क्याम्पसमा केन्द्रीय विभाग रहेको पत्रकारिता तथा आमसंचार विभागमा दरबन्दी संख्या तीन छ । यस्तो स्थिति आउनुमा पत्रकारिता केन्द्रिय बिभागकै कमजोरी रहेको बताउछिन् शिक्षाध्यक्ष त्रिपाठी । कुन विभागमा कति दरवन्दी कायम छ भन्ने सूचना दिनसम्म अस्वीकार गर्ने गरेका छन् विश्व विद्यालयका कर्मचारीहरु । माथिबाटै सूचना नदिन आदेश आउने गरेको कर्मचारीहरुले वताएका छन् ।

एउटा विषयमा दरबन्दी भएकाहरुलाई अर्कै विभागमा काम समेत लगाइएको छ । विद्यार्थी संख्या कम भएका विषयमा निश्चित क्याम्पस छनोट गरी पठन पाठनको ब्यवस्था मिलाउँदा दरवन्दीमा रहेका प्राध्यापकहरुको पनि उचित ब्यवस्थापन गर्नेतिर विश्व विद्यालयको ध्यान जानु आवश्यक छ ।


time Published on:  2017-05-03    | Read More




महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस :

वैशाख २१ । संवैधानिक परिषदले प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षकमा नियुक्त गर्न सिफारिस गरेको छ ।

परिषदको बुधबार सिंहदरबारमा बसेको बैठकले शर्माको नाम सिफारिस गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उमेर हदका कारण महालेखा परीक्षक भानुप्रसाद आचार्यले अवकास पाएपछि लामो समयदेखि महालेखा परीक्षकको पद रिक्त रहँदै आएको छ ।


time Published on:  2017-05-03    | Read More




कैदी महिलाको उपचारकैक्रममा मृत्यु :

वैशाख २१ । जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले ८ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।

पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले बताए । उनकाअनुसार तामाङको उपचारकैक्रममा मंगलबार अस्पतालमा नै मृत्यु भएको थियोे ।


time Published on:  2017-05-03    | Read More




दिल्लीमा नेपालको सम्मेलन :

वैशाख २१ । नेपालमा लगानी गर्ने क्षेत्रबारे विदेशी दातृराष्ट्रलाई जानकारी दिन भारतमा दुईदिने सम्मेलन हुने भएको छ ।

आइएसएसआरले परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो । आइएसएसआरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

भारतको दिल्लीमा यही वैशाख २२ र २३ गते हुने कार्यक्रममा त्यहाँ रहेका नेपालको कूटनीतिक सम्बन्ध रहेकामध्ये ८२ राष्ट्रका राजदूत एवं प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र सन्चालन हुनेछ ।

सम्मेलनमा करिब ३०० विशिष्ट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा, व्यापार र पर्यटनको क्षेत्रमा लगानी गर्न प्रेरित गरिने आयोजकले जनाएका छन् ।


time Published on:  2017-05-03    | Read More




दुबई पुर्‍याइएका ४४ नेपाली महिलाबारे सीआइबीले अनुसन्धान सुरु गर्‍यो :

 वैशाख २१ । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मंगलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा बुधबार थप ३२ जना आइपुगेका छन् ।

उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुर्‍याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरिदिएको थियो । राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुवेत लैजाने तयारी गरेको थियो ।

केन्यामा नेपालीलाई ‘अन अराइभल भिसा’ अर्थात् जानेबित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानकोक्रममा खुलेको छ । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गंगाराम गेलालले जानकारी दिए ।

उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारेसमेत अनुसन्धान भइरहेको उनले बताए । उनले भने–‘मंगलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन् । उनीहरु सबैलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।’ यसरी फिर्ता हुनेमा कन्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लेसमेत यो घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताइन् । दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौं आइपुगेका हुन् । विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत् कूटनीतिक ढंगले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गरे । फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारकोरुपमा कुवेत जान लागेको बताएका छन् ।

भारतबाट जाँदा उनीहरु अफ्रिकीमुलुक केन्या जान लागेको भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए । यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको संख्या बढ्दै गएको छ ।


time Published on:  2017-05-03    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np