Latest News and Updates

विश्वकै सबैभन्दा सानो स्मार्टफोन बन्यो, यस्ता छन् सुविधा (हेर्नोस्, ८ तस्वीर) :

वैशाख २२। संसारकै सबैभन्दा सानो ‘फोरजी’सहित अत्याधुनिक सुविधा–सम्पन्न स्मार्टफोन बनेको छ ।हत्केलामा अटाउने यो स्मार्टफोनको नाम ‘जेली’ राखिएको छ । १० वर्षदेखि स्मार्टफोनको डिजाइन गरिरहेको चीनको संघाइस्थित ब्रेनचाइल्ड ग्रुपको युनिहर्जले संसारकै सबैभन्दा सानो र अत्याधुनिक सुविधासहितको स्मार्टफोन सार्वजनिक गरेको हो ।

  यस स्मार्टफोन दुईओटा भर्सनको हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीकाअनुसार जेली र ‘जेली प्रो’ नाम दिइएको यस स्मार्टफोन आगामी अगष्ट महिनाबाट बजारमा आउनेछ । यो स्मार्टफोन अरु स्मार्ट फोनभन्दा फास्ट डाटा कनेक्टिभिटीसहित ‘फास्टर प्रोसेसर’ र प्रर्याप्त स्टोरेज क्षमताको हुने कम्पनीको दाबी छ ।

 

 

 

यसको मूल्य पनि अरु स्मार्टफोनभन्दा सस्तो हुने बताइएको छ । जेलीको एउटा स्मार्टफोनको मूल्य ११ हजार १९२ रुपैयाँ (१०९ अमेरिकी डलर) पर्नेछ भने जेली प्रोको एउटाको मूल्य १२ हजार ८३५ रुपैयाँ (१२५ डलर) पर्नेछ । जेली भर्सनमा १ जीबी र्‍याम र ८ जीबी आन्तरिक मेमोरी स्टोरेज क्षमता रहेको छ । त्यस्तै, जेली प्रो भर्सनमा २ जीबी र्‍याम र १६ जीबी आन्तरिक मेमोरी स्टोरेज क्षमता रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

दुबै भर्सनमा शक्तिशाली १.१ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर राखिएको छ भने दुबै फोनले २५६ जीबीको मेमोरीकार्ड सर्पोट गर्नेछ । यी दुबै फोनलाई जिन्स पाइन्टको सानो खल्तीमा राख्न सकिने उल्लेख गरिएको छ । 

 

 

 

 

 

 

 

एन्ड्रोइड ७ भर्सन अपरेटिङ सिस्टममा चल्ने जेलीमा दुईओटा ‘नानो’ सिम प्रयोग गर्न सकिन्छ । २.४५ इन्च एलसीडी डिस्प्ले भएको फोनमा ९५० एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

कम्पनीले दुबै फोन सेतो, कालो र आकाशे नीलो रङमा उपलब्ध हुने उल्लेख गरेको छ ।

कम्पनीकाअनुसार यस फोनको तौल जम्मा ६०.४ ग्राम छ । त्यस्तै, फोनमा अगाडि २ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको क्यामेरा राखिएको छ । अरु स्मार्टफोनमा प्रयोग गरिएको वाइफाइ तथा जीपीएस फ्रिक्वेन्सीभन्दा जेलीमा प्रयोग गरिएको फ्रिक्वेन्सी अझ मजबुत् रहेको कम्पनीको दाबी छ ।

 

 

 

 

 


time Published on:  2017-05-04    | Read More




महाभियोगविरुद्ध अदालतमा सुनुवाइ सुरु, समर्थन वा विरोध नगर्न बारको निर्देशन :

वैशाख २२ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा बिहीबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा बिहीबार अधिवक्ता डा. दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गरे । शुक्रबार बिहान ११ बजे पुनः सुनुवाइ सुरु हुनेछ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले बुधबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव संविधानविपरीत भएको जिकिर गर्दै रिट निवेदन दायर गरेका थिए । निवेदनमा संविधानको धारा १०१ (२) अनुसार महाभियोग लगाउन कुनैपनि कुराले नमिल्ने जनाउँदै महाभियोगसम्बन्धी कुनैपनि काम–कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ ।

सभामुख, व्यवस्थापिका–संसद सचिवालय तथा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयलाई विपक्षी बनाइ दायर गरेको निवेदनमा प्रहरी नायब महानिरीक्षकसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर संसदले सिधै हस्तक्षेप गरेको निवेदनमा उल्लेख छ । अदालतमा बेन्च तोक्ने प्रधानन्यायाधीशको विशेष अधिकार भएको हुँदा त्यस विषयमा महाभियोग प्रस्ताव दर्ता गर्नु संसदीय विशेष अधिकार नभइ सिधै हस्तक्षेप भएको निवेदनमा उल्लेख छ । ‘

स्वतन्त्र ढंगले निष्पक्षरुपमा काम गरिरहेका अवस्थामा संवैधानिक सिद्धान्तमा नै खतरा उत्पन्न हुने दूरगामी असर पार्ने गरी गरिएको महाअभियोगको प्रस्ताव’लाई अग्राधिकारसहित हेर्न माग गरिएको छ ।

समर्थन वा विरोध नगर्न बारको निर्देशन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाभियोगको प्रस्तावको समर्थन वा विरोधको कुनैपनि कार्यक्रम नगर्न निर्देशन दिएको छ । बारका महासचिव खम्बबहादुर खातीले बिहीबार जारी गरेको परिपत्रमा महाभियोगको प्रस्ताव संसदको अधिकार क्षेत्रसमेत रहेको कुरालाई ध्यानमा राखी कुनै बार एकाइलाई उक्त प्रस्तावमा समर्थन वा विरोधको कुनैपनि कार्यक्रम नगर्न/नगराउन भनिएको छ ।

प्रस्ताव संवैधानिक प्रक्रियागतरुपमा अगाडि बढी नेपालको संविधान तथा संवैधानिक व्यवस्थानुसार सार्वभौमसत्तासम्पन्न जनताको प्रतिनिधि संस्थाकारुपमा संसदमा विचाराधीन अवस्थामा रहेको परिपत्रमा उल्लेख छ ।

यसैबीच, उच्च अदालत बार एसोसिएन पाटनले बिहीबार महाभियोगको प्रस्तावविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।


time Published on:  2017-05-04    | Read More




एमालेको चुनावीसभामा आक्रमण :

वैशाख २ । जाजरकोट, कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा एमालेको चुनावी सभामा आक्रमण भएको छ । 

नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेकाबेला कांग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताए ।

आक्रमणबाट एमालेका तीन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ । उनकाअनुसार चक्कु प्रहारबाट शेरबहादुर सिंह घाइते भएको तथा ढुंगा प्रहारबाट भीमबहादुर चलाउनेको बायाँ हात र सन्दिप विकको दायाँ खुट्टामा चोट लागेको छ ।

आक्रमणपछि औपचारिक कार्यक्रम स्थगित भएको एमालेले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।


time Published on:  2017-05-04    | Read More




दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगता हुँदै :

पोखरा, २१ वैशाख ।। शाखाको आयोजनामा दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । वैशाख २३ गते शनिबार पोखरा फुटसल लिचिबोट गैह्रापाटनमा प्रतियोगिता हुने संयोजक तथा इक्यान कास्कीका सदस्य पूर्ण न्यौपानेले जानकारी दिए ।

बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको तयारीलाई तिब्र बनाइएको छ । प्रतियोगितामा कन्सल्टेन्सीका सञ्चालक तथा कर्मचारी सहभा-

गी हुनेछन् । पोखरामा रहेका ३५ वटा कन्सल्टेन्सीबाट ६ वटा टिम प्रतियोगितामा सहभागी हुने न्यौपानेले जानकारी दिए । 

वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको सचिव भुवन क्षेत्रीले जानकारी दिए ।

 

time Published on:  2017-05-03    | Read More




स्कुलबाट दिनदहाडै ५ विद्यार्थी अपहरणमा :

२१ वैशाख ।। त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिऊसो ५ विद्यार्थी अपहरणमा परेका छन्।

यो खबर आजको नेपाल समाचार पत्रमा दीपक रिजालले लेखेका छन्। स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए। मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्‍याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए । २० देखि २५ उमेर समूहका ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्‍याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भए पनि अन्य ४ जनालाई भने सँगै लगेका थिए।

उनीहरुले अपहरणमा परेका बालकलाई केही नबोल्न चेतावनी दिएका थिए। उनीहरूले ती बालकलाई शंखमुलमा रहेको पुलमा पुर्‍याएका थिए। एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए । त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए ।


time Published on:  2017-05-03    | Read More




युभेन्टसले मोनाकोलाई हरायो, गोन्जालो हिगुवान चम्किए :

बैशाख २१ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ । बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी भएको हो ।

खेलमा युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुवानले गरे । जितसँगै युभेन्टसले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता मोनाको भने ईटालीमा हुने दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ । दोस्रो लेगको खेल अर्को हप्ता ईटालीको टुरिनमा आयोजना हुनेछ ।

च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा स्पेनको रियाल मड्रिडले एथ्लेटिको मड्रिडमाथि पहिलो लेगमा ३-० को अग्रता लिएको छ ।


time Published on:  2017-05-03    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np