Latest News and Updates

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु :

चितवन, असार २७ । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको हो ।

राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उनले बताए । यसले गर्दा सडकमा सवारीको चाप बढेको छ ।

आइतबार साँझदेखि रातको समयमा सो सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा ¥यापिड रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको छ । यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ । गएराति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो । सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ ।

थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए ।

तीनवटा टिमले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् ।


time Published on:  2017-07-10    | Read More




कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला, सात जनाको मृत्यु :

असार २७ । भारत प्रशासित कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको मृत्यु भएको छ ।

मारिनेमा ५ महिला र दुई पुरुष छन् । कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि आक्रमण हुँदा १९ जना घाइते भएका छन् ।

५६ रहेको बसमा अधिकांश गुजरातका यात्रु रहेको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना आततायी भएको भन्दै निन्दा गरेका छन् ।

धार्मिक यात्रु माथि यस प्रकारको हमला हुनु निकै दयनीय भएको भन्दै प्रधानमन्त्री मोदीले भत्र्सना गरेका हुन् । 


time Published on:  2017-07-10    | Read More




नारायणगढ–मुग्लिन सडकखन्डमा ठूलो पहिरो, शनिबारसम्म सडक अवरुद्ध हुने :

चितवन, असार १६ । नारायणगढ–मुग्लिन सडकखन्डको कालीखोलानजिकै शुक्रबार मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमि नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।

बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिरोले ५० मिटर सडक ढाकेको छ । खनालकाअनुसार करिब ८ हजार घनमिटर पहिरो खसेको छ ।

पहिरो पन्छाउनेक्रममा दुईओटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाटमात्र पहिरो पन्छाउने काम भइरहेको छ ।

एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताए ।


time Published on:  2017-06-30    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np