Latest News and Updates

अछाममा जिप दुर्घटना, पाँचजना घाइते :

अछाम,असार २७ । अछामको सदरमुुकाम मंगलसेन नगरपालिका–४ कैलाशखोलामा एक यात्रीबहाक जिप दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् ।

धनगढीबाट मंगलसेन आउँदै गरेको से१ज ३६८ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मंगलसेन नगरपालिका–५ का २४ वर्षीय प्रेम भाट, मंगलसेन–४ का ४० वर्षीय मथुरा रावल, मंगलसेन–६ ठूलासैनका लक्ष्मण भण्डारी, रामारोशन गाउँपालिका–६ भाटाकाटियाका ३४ वर्षीय लालसिंह परियार र जयगढ गाउँपालिका–५ का ४५ वर्षीय कृष्ण कडायत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते पाँचैजनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । जिप सडकबाट करिब १६ मिटर तल खसेको थियो ।


 

 

 


time Published on:  2017-07-11    | Read More




श्रीमतीको टाउको छिनाएर साइकलमा लिएर प्रहरीसमक्ष पुगे एक ब्यक्ति :

नेपालगन्ज, असार २७ । बाँकेको कोहलपुर नगरपालिकास्थित बेलनपुरका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

स्थानीय अहमद अफताव बेडुवाले आफ्नै जेठी श्रीमती २३ बर्षिया फूलसन बेडुवाको टाउको काटेर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका हुन् ।

घरायसी झगडाका कारण आफूले श्रीमतीको हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।

झारफुक गर्न जाने भन्दै ७ महिनाकी दूधे बालिका बोकेर घरबाट निस्किएका अहमदले बाटोमै श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमतीको टाउकोलाई साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहमदकी कान्छी श्रीमतीलाई पनि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । दूधे बालिकालाई भने प्रहरीले उद्धार गरेको छ ।


time Published on:  2017-07-10    | Read More




एकाबिहानै पाल्पामा प्रेसरकुकर बम विष्फोट :

पाल्पा, असार २७ । मंगलबार बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो ।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् । तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले स्थानीय त्रसित भएका हुन् ।

बम कसले, किन विष्फोट गराएको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यद्यपि बम विष्फोट भएको ठाउँमा कुनै पनि पार्टी वा व्यक्तिको परिचय खुल्ने पर्चा, पम्पलेटसमेत केही पनि नभेटिएको प्रहरीको भनाइ छ । सदरमुकाम तानसेनमा बन्दको प्रभाव परेको छ ।


time Published on:  2017-07-10    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np