Latest News and Updates

कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण  :

काठमाडौं भदौ १५ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मानविकी, व्यवस्थापन तथा शिक्षा विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । 

विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो। परिषका अनुसार सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए। यी विषयका तीन लाख विद्यार्थी परीक्षामा सहभागी थिए। विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए। त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए। शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो । परीक्षाफल www.neb.ntc.net.np मा हेर्न सकिने छ।


time Published on:  2017-08-31    | Read More




पोखराको सभागृहमा सुबिधा सम्पन्न मल्टिप्लेक्स हल सञ्चालनको तयारीमा :

पोखरा, १४ भदौ  । पोखराको सभागृहचोकमा मल्टिप्लेक्स हल छिटै सञ्चालनमा आउने भएको छ । पोखराका फिल्म हलका पुराना व्यवसायी उत्तम द्धाले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउन तयारी गरेका हुन् । एउटै छानामुनि दुई हल निर्माण गरेको उनले जानकारी दिए ।

सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुका लागि हामीले हल खोलेका हौं,’ द्धाले भने ,‘अब आरमदायी रुपमा सिनेमा हेर्न पोखरा बासीलाई बाहिर जानु पर्दैन ।’ आधुनिक उपकरण र साउण्ड सिस्टम जडान गरिएको उनले बताए ।

एनईसी टुके प्रोजेक्टर जुन विश्वकै आधुनिक हो यसले देखाउने पिक्चर क्वालीटी अन्तराष्ट्रिय स्तरको भएको बताए । मिड्टाउन सिनेमाजबाट निर्माण भएको हलमा आरामदायी सिट र एसी जडान गरेको उनले बताए ।

विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट समेत रहेको उनले बताए । पोखरामा चारवटा हल संचालन गर्दै आएका द्वाले व्यापारिक मल सहित मल्टिप्लेक्स हल निर्माण गरेका हुन् । ‘दुईवटा मल्टिप्लेक्स हलमा गरी करिब ३ सय ५० सिट क्षमताका छन् ।’

हलसंचालक द्वाले प्रस्ट पारे । मलमा ब्राण्डे सामानहरु राख्ने तयारी छ । हल निर्माणको काम सबै सकिसकेको छ, मलको काम नसकिएर सञ्चालनमा नआएको बताए ।

उनले छिटै नै सञ्चालनमा ल्याउने बताए । उनले मल सहित २५ करोड र हललाई ८ करोड खर्च भएको बताए । पोखरामा हाल श्रीकृष्ण, वाराहि ‘क’, वाराहि ‘ख’, विन्दबासिनी, कल्पना, पुर्णिमा, सिनेप्लेकका दुई वटा हल संचालनमा रहेका छन् ।

फिल्मले राम्रो व्यापार गर्न छोडेपछि पोखरामा केहि सिनेमा घरहरु केहि बर्ष पहिले नै बन्द भएका छन् ।


time Published on:  2017-08-30    | Read More




सुनको भाउमा २ सयले गिरावट, चाँदीको भाउ स्थिर :

काठमाडौं, भदौ १४ । बुधबार सुनको भाउमा सामान्य गिरावट आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको २ सय घटेर ५६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको ५६ हजार ५ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने ७ सय ७० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।

बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १३ सय १५ डलर हाराहारीमा कारोबार भईरहेको थियो । 


time Published on:  2017-08-30    | Read More




निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझायो, कुन प्रदेशमा कति क्षेत्र ?

भदौ १४ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह आयोगका अध्यक्ष कमल नारायण दासले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएका हुन् ।

प्रतिवेदन अनुसार प्रतिनिधि सभाका लागि यसअघि कायम रहेका २ सय ४० वटा निर्वाचन क्षेत्रलाई १६५ मा झारिएको छ ।

जनसंख्याको आधारमा ९० प्रतिशत र भूगोलको आधारमा १० प्रतिशत क्षेत्र निर्धारण गरिएको दाबी गरिएको छ ।

प्रतिवेदन अनुसार प्रदेश नं. १ मा २८, २ मा ३२, ३ मा ३३, ४ मा १८, ५ मा २६, ६ मा १२ र ७ नम्बर प्रदेशमा १६ वटा निर्वाचन क्षेत्र रहने छन् ।

जिल्लागत हिसाबमा काठमाडौंमा सवैभन्दा बढी १० वटा क्षेत्र रहने छन् । क्षेत्र निर्धारणको सवैभन्दा ठूलो मार पहाडी जिल्लाहरुलाई परेको छ ।

यसअघि दुई वटा क्षेत्र रहेका पहाडी जिल्लाहरु एउटा निर्वाचन क्षेत्रमा खुम्चिएका छन् ।

प्रतिनिधि सभाको क्षेत्रको दोब्बर संख्या रहने गरी प्रदेश सभाका लागि निर्वाचन क्षेत्र कायम गरिएको छ ।

अब प्रतिनिधि सभा र प्रदेश सभामा गरी प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या मात्रै ४ सय ९५ हुने छ ।

समानुपातिक तर्फका सांसदहरु समेत थपिंदा यो संख्या झनै ठूलो हुने छ ।


time Published on:  2017-08-30    | Read More




चीनमा शक्तिशाली आँधी, १२ को मृत्यु  :

दक्षिणी चीनमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको र सयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन्। हाटो नामक आँधी बुधवार दिउँसो ग्वाङडुङ प्रान्तको जुखाइ शहरमा प्रवेश गरेको थियो। शक्तिशाली समुद्री आँधीले वर्षा पनि निम्त्याएको छ। हंगकंगले आँधीसम्बन्धी जोखिमलाई सबैभन्दा उच्च अर्थात् १० औं तहमा पुर्‍याएको छ।

ठूलो क्षति उक्त भूभाग र नजिकै पर्ने मकाउमा आवतजावत ठप्प भएको छ। समुद्री आँधीले बाढी निम्त्याउनुका साथै ठूलो क्षति पुर्‍याएको छ।

आँधीका कारण बिजुली आपूर्ति पनि बन्द भएको बताइएको छ। चिनियाँ सञ्चारमाध्यहरुका अनुसार मुख्य भूभागबाट २७,००० मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ। निर्देशन अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन्।

हंगकंगको मौसमसम्बन्धी निकायले आँधी प्रतिघण्टा १७५ किलोमिटरको गतिमा रहेको जनाएको छ।

आँधीका कारण मकाउमा आठजनाको र चिनियाँ मुख्य भूभागमा चारजनाको ज्यान गएको बताइएको छ। आँधीका कारण बुधवार विद्यालय, उद्योग, रेल तथा हवाई सेवा ठप्प रहे।


time Published on:  2017-08-24    | Read More




ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते  :

८ भदौ, चितवन। भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना ३ प ७२३९ नंको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएकी मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका-११ की ४२ वर्षीया आशमाया थापाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक उनका श्रीमान् ४६ वर्षीय मानबहादुर थापाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते भएकी छन् ।

घाइते दुवैको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


time Published on:  2017-08-24    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np