१४औ विरुवा महोत्सव २०७६, फागुपूर्णिमा देखी


२०७६ फाल्गुन २० गते मंगलबार
हुम बहादुर च्ह्याक्ली तमु
स्याङजाको विरुवा गाउँपालिका–१, विरुवा बजारमा १४औ विरुवा महोत्सव २०७६ आयोजना हुदैछ । विगतका बर्षहरुमा झै यस वर्ष पनि विरुवा बजर र त्यस क्षेत्रलाई आर्थिक समृद्धि तथा पर्यटन प्रबद्र्धन लागी आयोजना गरिएको हो । फागु पूर्णिमाको अवसरमा बालाकन्य मन्दिरमा पुजा गरी उक्त महोत्सव सुरु हुन्छ । बालकन्य मन्दिरमा साना बालबालिकाहरुलाई राम्रो होस भनि भाकल गरे पुरा हुने जनविश्वासले विभिन्न ठाउँबाट हजारौ संख्यामा श्रदालुभक्तजनहरु पुजा गर्न आउने गर्दछन् । त्यस्तै कृषकहरु आवश्यक कृषि औजारहरु तथा कृषि उत्पादीत बस्तुहरु विक्री खरिद विक्रि गर्नका लागी उपस्थितीको भिडले मेलालाई थप सफल बनउनेछ ।
स्वास्थयको लागि खेलकुद, राष्ट्रिकोलागि खेलकदु, भन्ने मुल नाराका साथ २०७६ फागुन २६ गते देखी ३० गते सम्म चल्नेछ । यस वर्ष विकास, अनुसशासन, गतिशिलता, हामी विरुवा बजारबासी, युवहरुको प्रतिबद्धता गर्दै महोत्सव आयोजना गरिदै छ । उक्त महोत्सवमा विशेष आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, हास्य ब्यङ्य प्रस्तुती, आमा समुह तथा क्लबहरुको नृतय प्रस्ती, छेलो हान्ने प्रतियोगिता, साथमा आमा समुहहरुको रत्यौली प्रतियोगिता रहेको छ ।
मेलालाई भव्य रुपमा सुसम्पन्न गर्नका लागी विभिन्न विभागका कमिटिहरु बनाई तयारी तिब्र गतिमा भईरहेको छ । बालकनय युवा क्लबको नेतृत्वमा समाज कल्याण आमा समुह, बजार व्यवस्थापन तथा विरुवा उद्योग बाणिज्य संघ, विरुवा इकाई समिति रहेको आयोजकको रुपमा रहने जानकारी संयोजक अब्बु मियाले जानकारी दिएको छ ।
Facebook Comments