हास्यश्रृंखला सुचारु


साउनको पहिलो सातादेखि रोकिएका लोकप्रिय हास्य श्रृंखला मेरी बास्सै, जीरे खुर्सानी तथा भद्रगोलको प्रसारण सुचारु भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ती श्रृंखला साउनको पहिलो सातादेखि रोकिएका थिए ।
सुचारु भएका श्रृंखलामध्ये मेरी बास्सै मंगलबार, जिरे खुर्सानी बिहीबार तथा भद्रगोल शुक्रबार राति प्रसारण हुन थालेका हुन् । मेरी बास्सैमा धुर्मुस र सुन्तली देखिनेछैनन् । चलचित्रको निर्माणमा सक्रिय हुने तयारीमा रहेका उनीहरूले राजु पौडेल (राजु मास्टर) तथा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) लाई मेरी बास्सैको निर्देशन गर्ने जिम्मा दिएका छन्
हास्यश्रृंखला ब्रेकफेल भने अहिले सुचारु नहुने तथा पारिवारिक श्रृंखला परिचय अर्को सातादेखि सुचारु हुने मिडिया हबले जनाएको छ ।
Facebook Comments