हामी गर्न सक्छौ सहयोगी हातहरुले संविधान दिवसको अवसरमा जुस वितरण


हुम बहादुर गुरुङ्ग
३ असोज २०७७, पोखरा
संविधान दिवसको अवसरमा We Can Do हामी गर्न सक्छौ सहयोगी हातहरुले डाबर नेपालको सहयोगमा जुस वितरण गरिएको छ । पोखरा भित्र रहेका विभिन्न आश्रमहरु तथा सडकमा रहेका असाहय मानिस तथा बालबालिकाहरुलाई जुस वितरण गरिएको हो । संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमा अवद्ध भएका व्यक्तिहरुले समाजभित्र के कस्ता गतिविधिहरु छन् बुझ्नको लागी मानिसहरुको नजिक गएर राय सुझावहरु लिएको हो । उक्त सुझाब संगै भोलिका दिनमा ति समस्याहरु समाधानका उपायहरु सिर्जना गर्नु तथा गराउने कार्यक्रमको उद्देश्य होे । त्यसैले मानवसेवा आश्रम छोरेपाटनका बुवाआमाहरु, पोखरा बृद्धाआश्रम सितापाईलाका बुवा आमाहरु, कल्याणी बालगृह आश्रम लामाचौरका विद्यार्थीहरु, केदारेस्वर मन्दिरका बटुहहरु, राष्ट्रिय परोपकार संघ नेपाल ढुङ्गेसाउका संस्कृत पढ्ने विद्यार्थीहरु, सृजनशील बालगृह ढुङ्गेसाँघुका विद्यार्थीहरु, पोखरा आरोग्य बृद्धाआश्रममा रहेका बुवाआमाहरु र सडकमा रहेका असाहयहरु तथा सडक बालबालिकाहरुलाई वितरण गरिएको थियो । डाबर नेपालको सहयोगमा हामी गर्न सक्छौ सहयोगी हातहरुले आज १५०० पिस Real Juice वितरण गरिएको थियो ।






Facebook Comments