हराएका दुई मृत अवस्थामा फेला


२०७५ माघ १८ शुक्रबार 
धादिङ रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।

गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबेसी गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।

ओडारभित्र फसेका दुवैको ठूलो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयवासी र आफन्तले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । 

पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये जम्मा चार  भने जीवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ । उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाइब्रेसन गराई ढुङ्गा फुटाएको थियो 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *