हत्कडीसहित फरार भएका दमाईलाई गोली हानेर पक्राउ

१ फागुन, कैलाली । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

दमाईको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *