स्याङ्जामा थप १३३ जनामा कोरोना पुष्टि, ३ जनाको निधन

8 / 100

१९ जेठ, स्याङ्जा स्याङ्जाका थप १३३ जनामा कोरोना पुष्टि भएको छ भने ३ जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट गल्याङ नगरपालिकाका एक जना र विरुवा र कालीगण्डकी गाउँपालिकाका एकएक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार गल्याङ नगरपालिका ३ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पताल पाखेरामा निधन भएको हो । उहाँलाई जेठ ६ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी विरुवा गाउँपालिका ३ का ६२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको हो । उहाँलाई जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।

निर्देशक शर्माको अनुसार कालीगण्डकी गाउँपालिका २ का ५७ वर्षीय कोरोना संक्रमित महिलाको संक्रमण पुष्टि भएकै दिन –जेठ १८ गते) उपचारको क्रममा गण्डकी अस्पताल स्याङ्जामा निधन भएको हो ।

त्यसै गरी पछिल्लो २४ घण्टामा जिल्लाका ६७ महिला र ६६ पुरुष गरी थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

0Shares

Facebook Comments