स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार पार, कम हुँदै संक्रमण


स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार पुगेको छ।
स्पेन युरोपमा इटालीपछि कोरोना भाइरसबाट सर्वाधिक क्षति बेहोरिरहेको मुलुक हो।
बुधबार स्पेनमा कोरोनाबाट एकैदिन धेरै जानको मृत्यु भएको छ। मंगलबार ८४९ जनाको ज्यान गएको स्पेनमा बुधबार एकैदिन ८६४ ज्यान गएपछि मृतक संख्याले नयाँ बिन्दु कायम गरेको हो।
स्पेनमा हालसम्म कुल ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ।
संक्रमणबाट स्पेनमा निरन्तर आठ सय बढी मानिसहरूको ज्यान गएको यो पाँचौ दिन हो।
स्पेनमा हाल संक्रमितहरूको संख्याले १ लाख पार गरेको छ।
त्यहाँका स्वास्थ्य अधिकारीहरू मृतकको संख्या बढेको भएपनि पछिल्ला दिनमा संक्रमणदरमा स्थिरता आएको विश्वास गरेका छन्। पछिल्ला दिनहरुमा त्यहाँ संक्रमणदर १२ प्रतिशत कायम भएपछि उनीहरूले यस्तो विश्वास लिएका हुन्।
बितेका दुई सातादेखि लकडाउनमा रहेको स्पेनले दुई दिन अगाडिमात्रै संक्रमणको रोकथामका लागि आवतजावतमा थप प्रतिबन्धहरू लागु गरेको छ।संक्रमणबाट सर्वाधिक प्रभावित स्पेनका मड्रिड तथा क्याटोलिना क्षेत्रमा चिकित्सकिय सामाग्रीहरूको अभाव प्रमुख चुनौती बनेको छ।
Facebook Comments