सेल्फी खिच्न खोज्दा फेवातालमा खसेर एक युवक बेपत्ता


पोखराको पर्यटकीय स्थल फेवातालमा एक युवा डुवेर बेपत्ता भएका छन।
काठमाण्डौं ताँहाचलबाट पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा फेवातालमा डुबेर बेपत्ता भएको कास्कीका प्रहरी प्रवत्ता रविन्द्रमान गुरुङले बताए ।
उनले लाईफ ज्याकेट विना सेल्फी खिच्न खोज्दा तालमा डुबेर बेपत्ता भएको स्थानियले जनाए । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नविन कार्कीको नेतृत्वमा रेस्क्यु टिमले सोमबार वेपत्ता भएका श्रेष्ठको खोजि गरे पनि साँझसम्म भेटाउन नसकेको प्रहरीले जनाएको छ ।
सोमबार फेवातालमा डुवेर वेपत्ता भएका श्रेष्ठले कुनै डुंगा सयर गरेको नभई एक जना मात्र सयर गर्न मिल्ने प्लाडल बोर्ड सयर गर्दा दुर्घटना भएको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष कृष्ण गिरीले बताए । उनका अनुसार श्रेष्ठले लाईफ ज्याकेट खोलेर तालको बिच भागमा पुगे पछि आफु सयर गरेको प्याडल बोर्डमा राखेको हुनाले उनी तालमा डुव्न साथ आफुहरुले उनको खोजि गर्दा हालसम्म भेटाउन नसकेको बताए ।
फेवाताल, बेगनासताल लगायतका तालमा सयर गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने गरी ज्याकेको व्याबस्था गरे पनि पर्यटकहरुको केहि छिनको लापरवाहीले यस्ता घटना पटक पटक दोहोरिदै आएकाछन।
प्याडल बोर्डबाट फेवातालमा डुबेर वेपत्ता भएको यो पहिलो घटना हो । फेवाताल, बेगनासताल लगायतका तालमा डुंगा सयर गर्दा होस वा प्याडल बोर्ड, कायकिङ सयर गर्दा अनिवार्य लाईफ ज्याकेज लगाउनु पर्छ ।
Facebook Comments