सरकार आफैले द्वन्द निम्त्याउन लाग्यो: प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनको शुक्रवार राजधानीमा उद्घाटन गर्दै नेता सिंहले विप्वल नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाए ।

राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलहरुसँग छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए। ‘राष्ट्रिय सुरक्षामा आएको समस्या समाधान गर्न अरू दलसँग पनि छलफल गर्नुपर्ने थियो’, उनले भने, ‘तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन्। दुई तिहाई बहुमत छ भन्दैमा अरू दललाई चासो नदिने?’

नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताए। उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताए।

सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए। उनले सरकारले सीके राउतले जनमतसंग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए। ‘सीके राउत र सरकारले मम्झौताबारे दुवैले आआफ्नै व्याख्या गरिरहेका छन्’, उनले भने, ‘सीके राउत जनमतसंग्रहको विषयमा बोल्दा सरकार किन चुप छ?’

नेता सिंहले सरकार जनताले दिएको म्यान्डेटको खिलापमा गएको आरोप लगााए ।नेपाल टेलिकम अझ प्रभावकारी बनाउन कर्मचारी र ब्यवस्थापनलाई मिलेर अघि बढन समेत अाग्रह गर्दै सिंहले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।अधिवेशन शनिवारसम्म दुई दिन सम्म चल्ने छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *