संक्रमितको संख्या ५४ पुग्यो

8 / 100

भारतबाट नेपाल फर्केका दुई युवकमा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।दिल्लीबाट फर्किएका रौतहटको वृन्दावन नगरपालिकाका एक २४ वर्षीय युवक तथा रौतहटकै करुनियाका एक ३५ वर्षीय युवकका कोरोना संक्रमण पुष्टि भएको हो । दोस्रो संक्रमित पनि दिल्लीबाटै चोर बाटो हुँदै भारतबाट नेपाल आएको जनाइएको छ । उनीहरुमध्ये पहिलो

संक्रमितको दुई हप्ता क्वारेन्टिनमा बसेर जनकपुरमा स्वाब टेस्ट गर्दा नेगेटिभ देखिएपछि घरसमेत फर्किसकेका थिए ।संक्रमित दुवैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । उनीहरु दुवैलाई हाल आइसोलेसनमा लैजाने तयारी भएको जनाइएको छ । नेपालमा हालसम्म ५४ जनामा संक्रमण देखिएको १६ जना निको भएर घर फर्किसकेका छन् भने ३८ सक्रिय केस छन्

0Shares

Facebook Comments