विश्व टेनिसका आदर्श जोडीहरू


आन्द्रे आगासी तथा स्टेफी ग्राफ
सन् १९९९ को फ्रेन्च ओपनका क्रममा आन्द्रे आगासी र स्टेफी ग्राफको प्रेम झांगिएको थियो । त्यसभन्दा अघि आन्द्रेले हलिउड अभिनेत्री ब्रुक शिल्डसँग विवाह गरेका थिए भने स्टेफी ग्राफको डेटिङ मोटर रेसर माइकल बार्टेलसँग चलिरहेको थियो । ग्राफ र आगासीले एक–अर्कालाई मन पराएपछि दुवैले आ–आफ्ना प्रेमी–प्रेमिकालाई छोडेका थिए । सन् २००१ मा विवाह बन्धनमा बाँधिएका ग्राफ र आगासीका एक–एक छोरा–छोरी छन्
एन्ना कोर्निकोभा तथा इन्रिक इग्लेसिस
रुसी टेनिस खेलाडी एन्ना कोर्निकोभाले टेनिस कोर्टमा आफ्नो सौन्दर्यको जादु छरिन् । लोलिटा उपनामसमेत पाएकी एन्ना स्पेनिस गायक इन्रिक इग्लेसिससँग सन् २००१ देखि डेटिङमा छिन् । डेटिङमा भएको एक दशक नाघे पनि उनीहरूले अझै विवाह गरेका छैनन् । उनीहरू प्रेमी–प्रेमिकाका रूपमा सँगै बस्छन् ।
महेश भूपति तथा लारा दत्त
भारतीय टेनिस खेलाडी महेश भूपतिले सन् २००० की मिस वल्र्ड लारा दत्तसँग सन् २०११ मा विवाह गरेका थिए । लाराको भूपतिभन्दा अघि भुटानी कलाकार एवं मोडल केली दोर्जीसँग सम्बन्ध थियो । भूपति र लाराबाट सन् २०१२ मा एक छोरी सायराको जन्म भएको छ ।
पिट साम्प्रास तथा ब्रिगेटी विल्सन साम्प्रास
केही वर्षको प्रेमपछि टेनिस खेलाडी पिट सम्प्रासले अभिनेत्री ब्रिगेटी विल्सनसँग सन् २००० मा विवाह गरे । सन् २००२ मा उनीहरूको पहिलो सन्तान भयो भने सन् २००५ मा अर्को । टेनिस खेलवाट संन्यास लिने क्रममा सन् २००२ को युएस ओपन ग्रान्ड स्ल्याम जित्दा साम्प्रासलाई ब्रिगेटीले गरेको सहयोग अविस्मरणीय रहेको उनी बताउँछन् ।
राफेल नाडाल तथा
मारिया फ्रान्सिस्का पेरिल्लो
राफेल नाडाल तथा मारिया फ्रान्सिस्का पेरिल्लोको प्रेम सन् २००५ मा भएको थियो । पेरिल्लोलाई कोर्टमा कमैले चिन्छन्, तर उनी राफेललाई समर्थन गर्न सधैं कोर्टमा पुग्छिन् भने राफेल पनि आफ्नो सफलतामा पेरिल्लोको महत्वपूर्ण योगदान रहेको कुरा बताउँछन् ।
लियोटन हिविट तथा बिस कार्टराइट
लियोटन हिविट तथा बिस कार्टराईटको पहिलो भेट सन् २००० मा टेनिसको एक प्रदर्शन खेलका क्रममा भएको थियो । त्यति बेला लियोटनको प्रेम टेनिस खेलाडी किम क्लाइजर्ससँग थियो । लियोटन र किमको प्रेम टुटेको चार महिनामै लियोटनले बिस कार्टराईटसँग २००५ मा इन्गेजमेन्ट गरेर केही समयपछि विवाह गरे । लियोटन र बिसका तीन जना छोराछोरी छन् ।
रोजर फेडेरर तथा मिर्का फेडेरर
स्विट्जरल्यान्डका टेनिस खेलाडी रोजर तथा मिर्काको भेट सन् २००० मा सिड्नीमा आयोजित ओलम्पिक प्रतियोगिताका क्रममा भएको थियो । त्यही भेट प्रेममा परिणत भएपछि रोजर र मिर्काले सन् २००९ मा विवाह गरेका थिए । उनीहरूका जुम्ल्याहा छोरा तथा एक छोरी छन् ।
एना इभानोभिच तथा
बास्टिन स्वाइनेसटिगर
सर्बियाकी टेनिस खेलाडी एना तथा जर्मनीका फुटबलर बास्टिन स्वाइनेसटिगर सन् २०१४ देखि डेटिङमा थिए । यद्यपि उनीहरूबीच गहिरो प्रेम रहेको कुरा सन् २०१५ को फ्रेन्च ओपनका क्रममा मात्र सार्वजनिक भयो । उनीहरूले सन् २०१६ मा भेनिसमा विवाह गरे । बास्टिन जहिले पनि एनाको गेममा आफैं उपस्थित भएर उनको हौसला बढाउँछन् ।
एन्डी रोडिक तथा ब्रुकलिन डेकर
टेनिस खेलाडी एन्डी रोडिक स्विमसुट मोडल ब्रुकलिन डेकरसँग सन् २००७ देखि डेटिङमा रहे । त्यसको दुई वर्षपछि उनीहरू विवाह बन्धनमा बाँधिए । उनीहरूको पहिलो सन्तान सन् २०१५ मा जन्मिएका थिए ।
Facebook Comments