विद्यालयको बसमै खैरो हिरोइन, चालक पक्राउ

कपिलवस्तु  कपिलवस्तुमा शुक्रबार बिहान स्कूलकाे बसमा लागुऔषध फेला परेको छ ।

मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नं.को पिस ग्लोबल इङलिस बोर्डिङ स्कूल बसलाई बिशेष सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।

बसको टुलबक्सबाट १० पोका खैरो रंगको हिरोईन जस्तो देखिने लागु औषध र नेपाली रू.५००।–(पाँच सय) को घ ६१र६८१३६३ नं.को ८८ थान नक्कली नोट जस्तो देखिने नेपाली रुपैँया र बस चालक बरकुल देउकीनन्दन कसौधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निज कसौधन माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

0Shares

Facebook Comments