वर्षाले बेहाल बनायो डिपिएल खेलमैदान, शनिबारका दुवै खेल स्थगित

धनगढी : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत शनिवारका दुवै खेल पानीले स्थगित भएको छ । काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सबीचको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो । धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल पनि स्थगित भएको छ । लगातारको वर्षाले मैदानमा पानी जमेपछि खेल स्थगित भएको हो ।

मैदानको खप्तड इन्डमा बढी मात्रामा पानी जमेको छ । त्यससँगै स्क्वायर लेगको पछिल्लो भागतिर पनि केही मात्रामा पानी छ। बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । शुक्रवार राति पुनः पानी परेपछि मैदान जलमग्न भएको हो ।  खेल स्थगित भएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । डीपीएलमा तीन खेल हारिसकेको धनगढीलाई प्लेअफमा पुग्न आजको खेल जित्नै पर्ने दबाब थियो । धनगढी प्लेअफमा नपुग्ने पक्का भएको छ।  चार खेलबाट धनगढीको १ अङ्क मात्र छ । काठमाडौँ ५ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *