लाइसेन्स लिनको लागि १८ वर्ष पुग्नु पर्ने


काठमाडौं, २७ माघ / सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना बढि भएको अध्ययनलाई ध्यानमा राखेर सरकारले १८ बर्षे हद तोक्न लागेको हो ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।
‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागले जनाएको छ । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने छ ।विभागले लाइसेन्सको समय सीमा समेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका थिए ।


Facebook Comments