लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित]
![लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित] 1](http://radioapostle.com.np/wp-content/uploads/2020/05/20190801125524_Mumbai-Marine-drive-traffic.jpg)
![लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित] 1](http://radioapostle.com.np/wp-content/uploads/2020/05/20190801125524_Mumbai-Marine-drive-traffic.jpg)
काठमाडौ । सरकारले आज लकडाउन १५ दिनका लागि थपेको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन थपेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
![लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित] 2](http://radioapostle.com.np/wp-content/uploads/2020/05/no-pass-in-lockdown-1.jpg)
![लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित] 2](http://radioapostle.com.np/wp-content/uploads/2020/05/no-pass-in-lockdown-1.jpg)
लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । खतिवडाले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए । त्यसरी पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको बताए । नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको खुलासा गरे ।पास विना सञ्चालन गर्न पाउने सवारी साधन
एम्बुलेन्स, श”वबाहन र दमकल यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस
काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ यसबाहेक कोरोना भाइरसको रोकथामका लागि ध्यान दिई निर्माण कार्य गर्न र निर्माण सामाग्री ढुवानी गर्न दिइने भएको छ ।
![लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित] 3](http://radioapostle.com.np/wp-content/uploads/2020/05/vehicle-pass-rule-by-MOHA-1-768x913-1.jpg)
![लकडाउन थपेपछि पनि आजबाट पास विना यी सवारीसाधन सञ्चालन गर्न पाउने [सूचीसहित] 3](http://radioapostle.com.np/wp-content/uploads/2020/05/vehicle-pass-rule-by-MOHA-1-768x913-1.jpg)
Facebook Comments