रेडियो एपोस्टलको स्टेसन म्यानेजरमा राकेस पुन नियुक्त

समाज परिवर्तनको लागि सकारात्मक सोचको अपरिहार्यतालाई मुल नारा बनाइ विगत ३ वर्ष अगाडी बगरको नयाँ गल्लीमा संचालित रेडियो एपोस्टल १०२.६ मेगा हर्जले एक जुझारु तथा सक्रिय व्यक्तित्व राकेस पुनलाइ स्टेसन म्यानेजरको रूपमा नियुक्त गरेको छ।विभिन्न मनोरञ्जनात्मक तथा शिक्षामुलक कार्यक्रमहरु प्रसारणको साथ साथै थुप्रै सामाजिक काम समेत सफलताको साथमा सम्पन्न गरि सकेको रेडियोलाई अझ सक्रियताको साथमा अगाडी बढाउन नयाँ नेतृत्व चयन गरेको रेडियोको म्यानेजिङ डाइरेक्टर अनिल शाहिले बताउनुभयो। सरु गायक कार्यक्रम संयोजक रहेको रेडियोमा २० जना भन्दा बढी कर्मचारीहरु कर्यरत रहेका छन ।विभिन्न खालको खवरहरु तथा समसामयिक शिक्षामुलक कार्यक्रमहरु सम्प्रेषण गरि समाजलाइ सुसूचित गराउदै स्थापनाकालको ३ वर्षमै प्रगतिको ठुलो फड्को मारिसकेको रेडियोलाई थप योजनाहरु सहित प्रभावकारी ढंगले अगाडी बढाउन नेतृत्वदायी भुमिका निर्बाह गर्ने नव नियुक्त स्टेशन म्यानेजर राकेश पुनले बताउनुभयो।रेडियो एपोस्टल १०२.६ मेगा हर्जको साथै एपोस्टल रेकर्डिङ स्टुडियो ,असल साथी र एपोस्टल यु ट्युव च्यानल समेत संचालन गरि सकेका सफल व्यवसायी अनिल शाहिले निकट भविष्यमै टि भि समेत सन्चालन गर्ने मनस्थितिमा रहेको बताउनुभयो ।

0Shares

Facebook Comments