मूर्ति बनाउन भ्याई–नभ्याई


माघ १८ । बसन्त पञ्चमी पर्व नजिकिँदै गर्दा सप्तरीका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याई–नभ्याई भएको छ ।
उनीहरुलाई सरस्वतीको मूर्ति बनाउने चटारो भएको हो । वसन्त पञ्चमीको दिन शैक्षिक संस्था तथा घर–घरमा सरस्वतीको पूजा गरिने भएकाले मूर्तिको माग बढेको छ ।
पुसको पहिलो सातादेखि नै मूर्ति बनाउन थालेका मूर्तिकारले मूर्तिमा माटो लगाउने, पोत्नेलगायतका काम गरिरहेका छन् ।
वसन्त पञ्चमीको दुई दिन अघिसम्म त्यस्ता मूर्ति पूर्णरुपमा तयार भईसक्ने उनीहरु बताउँछन् ।
सरस्वती पूजासँगै विश्वकर्मा पूजा, विजया दशमी, लक्ष्मी पूजा, कृष्णजन्माष्टमी जस्ता चाडपर्वमा समेत उनीहरु मूर्ति बनाउने गर्छन् । सरस्वती पूजाका लागि सदरमुकाममा खाली जग्गा भाडामा लिएर उनीहरुले अर्डर अनुसारको मूर्ति बनाउँदै आएका छन् ।
सिजनमा मात्रै कमाइ हुने गरेकाले सरकारबाट विना व्याज ऋण उपलब्ध भए व्यावसायिक रुपमै मूर्ति बनाउने कामलाई अगाडि बढाउने सोच रहेको मूर्तिकारहरु बताउँछन् ।
Facebook Comments