महिनावारीमा अनियमितता, लगातार रक्तश्राव र समाधान

सामान्यत: महिनावारी २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिनसम्म हुन्छ र कसै–कसैमा यो एक हप्तासम्म चल्न सक्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ, तर उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यस्तो अवस्थामा शरीरको रगत धेरै खेर जाने भएकाले उपचार आवश्यक हुन्छ ।

मेनोरेजियाका धेरै कारण भएकाले पत्ता लगाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन सक्छ । तपार्इंको अर्को समस्या गर्भ नरहेको भन्ने छ । प्रश्नमा तपाईको उमेर, श्रीमान्को उमेर, विवाह भएको अवधि तथा यौनसम्पर्क र परिवार नियोजनका साधन प्रयोग गरे/नगरेको केही खुलेको छैन ।

सामान्यत: नियमित यौनसम्पर्क (हप्तामा कम्तिमा ३ पटक) भएको एक वर्षभित्र ८० प्रतिशतभन्दा बढी दम्पतीमा गर्भ रहन्छ भने बाँकी रहेका मध्ये ५० प्रतिशतमा अर्को दुई वर्षभित्र गर्भ रहने तथ्यांकले देखाउँछ । गर्भ नरहनुमा श्रीमान्, श्रीमती वा दुवैमा समस्या हुन सक्छ ।

त्यसैले तपार्इंहरू दुवै जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँगको परामर्शमा सहभागी हुनुपर्छ । पुरुष अन्य दृष्टिले स्वस्थ भएर मात्र हँुदैन, उसको शुक्रकिटमा पनि समस्या देखिनु हँुदैन र त्यसका लागि श्रीमान्–श्रीमती दुवै चिकित्सकको परामर्शमा बस्नु आवश्यक मानिएको हो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *