मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री

विराटनगर — प्रधानमन्त्री केपी ओलीले हाललाई मन्त्रिमण्डललाई हेरफेर गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् । विराटनगर पुगेका प्रधानमन्त्री ओलीले भने, ‘एउटा मन्त्रालय खाली छ । अपूर्णलाई पूर्णता गर्ने एउटा कुरा हो । मन्त्रिपरिषद् हेरफेरको कुनै योजना छैन ।’

यस्तैविराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द समूहलाई सरकारले लगाएको प्रतिबन्धलाई लिएर रुवावासी नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्। चन्द समूह मान्यताप्राप्त संस्था नभएको र गैरसरकारी संस्थाहरु जस्तो कतै दर्ता पनि नभएकोे ‘अनधिकृत समूह’ मात्र भएको प्रधानमन्त्रीको भनाइ थियो।

‘यो कुन दर्ता भएको पार्टीलाई प्रतिबन्ध लगाएको हो र?’ प्रधानमन्त्री ओलीले भने, ‘बम पड्काउने, जन्तीका बसमा आगो लगाउने, धम्काउने, चन्दा उठाउने कामलाई पो प्रतिबन्ध लगाएको हो त। त्यसमा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन?’
प्रधानमन्त्री ओली यो देशमा धम्क्याउने, लुटपाट र उत्पात मच्चाउने छुट कसैलाई नभएको बताए। ‘सरकारले ठट्टा गरेको हैन सबै नियन्त्रणमा लिन्छ,’ उनले भने।
‘विप्लव समूहलाई भन्न चाहन्छु सरकार ठट्टा गरिरहेको छैन। विध्वंसात्मक काम गर्न पाइदैन। कसैले रुवाबासी गर्छ भने गरिरहोस्। सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ।’ उनले भने, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन? अस्ती वार्ता समिति बनाएका थियौं, खोइ त्यो समूहले वार्ता गरेको? सधैं वार्ता भनिरहने? विप्लव समूहका माग अहिलेसम्म कसैले पनि बुझ्न नसकेको प्रधानमन्त्रीको भनाइ थियो।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *