भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

 
२०७५ माघ १८ शुक्रबार|||  
  विपक्षीले गरेको प्रदर्शनको समाचार संकलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मादुरोका विरुद्धमा विपक्षीहरूले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । सरकारले भेनेजुएलाको संकटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुईजनालाई निर्वासित गरेको छ । सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरूमा फ्रान्सका दुईजना, कोलम्बियाका दुईजना र स्पेनका एकजना रहेका छन्।

पछिल्ला तीनजनाले स्पेनको राष्ट्रिय समाचार संस्था एफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिका रिपोर्टिङकै लागि आएका हुन् । पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए।

 उनीहरूलाई सघाइरहेका यस कार्यक्रमका उत्पादक एकजना स्थानीयलाई पनि सरकारले नियन्त्रणमा लिएको छ । चिलीका टेलिभिजन पत्रकारलाई पनि मंगलबार नै देश निकाला गरिदिएको चिलीका विदेशमन्त्री रोबर्तो अम्पुएरोले बताए।

संवेदनशील मानिने ‘सुरक्षा क्षेत्र’मा काम गरेको भन्दै उनीहरूलाई पक्राउ गर्न थालिएको जनाइएको छ ।‘यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो’, चिलीका मन्त्री रोबर्तोले ट्विट गरेका छन् ।

पछिल्ला केही वर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ । पत्रकारहरूलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेशमन्त्री जर्ज एर्रेहाले केही उल्लेख गरेनन् । धेरै विदेशी पत्रकारहरू रिपोर्टिङ गर्ने अनुमतिबिना देश छिरेको र त्यस्तालाई कारबाही गरिने उनले बताए।

विपक्षी नेता हुवाँ ग्वाइदोले केही दिन अगाडि आफैँले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक संघर्ष चर्किएको छ । सर्वोच्च अदालतले ग्वाइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का गर्न आदेश दिएको छ ।

 राजनीतिक संघर्षका कारण चरम आर्थिक संकट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *