बाग बजार चर्चमा पोख्रेली ख्रिष्टिय समुदाय मिसन समितिद्वारा मिसन अभिमुखीकरण तथा कोष संकलन सप्ताह कार्यक्रम सम्पन्न


पोख्रेली ख्रिष्टिय समुदाय मिसन समितिद्वारा मिसन अभिमुखीकरण तथा कोष संकलन सप्ताह कार्यक्रम यहि कार्तिक १२ गते पो.मा.पा.१ बगर स्थित बाग बजार चर्चमा सम्पन्न भएको छ।पोखरा महानगरपालिका भित्र छरिएर रहेका विभिन्न चर्चहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको पहिलो दिन कार्तिक ११ गते लामाचौर क्षेत्र वरिपरि रहेका चर्चहरुलाई केन्द्रिकृत गरि दिप ज्योति चर्चमा सो कार्यक्रम सम्पन्न भएको थियो। दोस्रो दिन बगर क्षेत्रमा रहेका बाग बजार चर्च,नदीपुर चर्च,सान्त्वना चर्च, मारानाथा चर्च लगायतको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको तेस्रो दिन नदीपुर क्षेत्रमा रहेका चर्चहरुलाई समेटेर जागृति चर्चमा आयोजना गर्ने आयोजक सनुहले जानकारी गराएका छन्।
पोखरा महानगर पालिका भित्र रहेका विभिन्न चर्चहरुको छाता संगठन पोख्रेली ख्रिष्टिय समुदाय वि.स.२०४८ सालमा स्थापना भइ २०६३ सालमा जिल्ला प्रसासन कार्यलयमा दर्ता गरि वर्तमान सम्म आइ पुग्दा समुदायको आफ्नै भवन नहुनु र समुदायको विभिन्न कार्यक्रमहरु गर्नु पर्दा समेत अन्य चर्चहरुको सहयोग लिनु पर्ने बाध्यता तथा पोखराबाट पनि परमेस्वरको राज्य बिस्तारको निम्ति विभिन्न मिसनेरिहरु उत्पादन गर्ने मिसन केन्द्रको आवश्यकता महसुस गर्दै आफ्नै भवन निर्माण गर्नको लागि पोख्रेली ख्रिष्टिय समुदाय र असल छिमेकी नेपालको समन्वयमा पोखराको फुलवारीमा रु. ३ करोड ३३ लाखमा १९ आना जग्गा बाँकि रकम ३ महिना भित्र भुक्तानी गर्ने सझौतामा रु.१ करोड बैना गरि सकिएको मिसन समितिको सचिव राजु अधिकारीले जानकारी गराउनु भएको थियो। भवन निर्माणको लागि अतिरिक्त ३ करोड र शिक्षा ,तालिम ,पुताकालय लगायतका विभिन्न संरचनाहरु निर्माण गर्न थप ५० लाख आवस्यक पर्ने भएकोले चर्च लगायत चर्चसंग सम्बन्धित व्यक्तिहरुलाई आर्थिक सहयोगको निम्ति अपिल समेत गरिएको थियो।चर्चहरुलाई मिसनको काममा टेवा पुर्याउनु,र चर्चहरुसंग सहकार्य गरि मिसनेरिहरु पठाउनु र मिसन सम्बन्धि तालिमको संचालन गर्ने दिर्घकालिन लक्ष्य लिएको समुदायले नीति तथा निर्देशिका बनाउनु,चर्चहरुमा मिसन सम्बन्धि तालिम दिनु र लक्ष्यित वर्गको लागि मिसन सम्बन्धि दिइने तालिमको तयारि गर्ने अल्पकालीन लक्ष्य लिएको मिसन समितिको सचिव तथा कोष संकलक राजु अधिकारीले बताउनु भएको थियो ।
बगर वरिपरिका चर्च सदस्यहरुको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उत्साहाको वचन रक्षा मार्ग ब्यप्टिस्ट चर्चका पा.के,पी.त्रिपाठीले बाँड्नु भएको थियो भने कार्यक्रम संचालन बाग बजार चर्चका पा.वसन्त थापाले गर्नु भएको थियो।
Facebook Comments