बगर १ नयाँ गल्लीको गंगा फ्रेस हाउसमा चोरि


शुक्रवार राति पोखरा महानगर पालिका १ बगर नयाँ गल्लीको गंगा फ्रेस हाउसमा चोरि भएको छ। घरको मूल द्वारकोच्यानल गेटको साँचो फोरेर भित्र छिरेको चोरहरुले गंगा फ्रेस हाउसले भाडामा लिएको दुइ वटा कोठाको साँचो फोर्नुको साथै संगैको सटरमा संचालनमा रहेको एस्तर खाजा घरको दुइ कोठाको समेत ताला फोरेको पाइएको छ। गंगा फ्रेस हाउसबाट नगद रु.८००० चोरी हुनुको साथै आगोमा सेकाएर राखेको राँगाको मासु समेत लगेको फ्रेस हाउसको संचालक गंगा तामांगले बताउनु भयो । संगैको खाजा घरबाट भने कुनै समान नलगेको खाजा घरको संचालकले बताउनु भयो।
फ्रेस हाउस तथा खाजा घरले सो घर व्यापारिक प्रयोजनको लागि भाडामा लिए पनि राति कॊहि पनि त्यहाँ नवस्ने भएकोले सोहि मौका छोपेर चोरी गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन्। चोरी गर्ने समुहले साँचो फोर्नको लागि फलामको रड प्रयोग गरेको समेत पाइएको छ।
Facebook Comments