प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ — प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । मुटुको नियमित जाँचका लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् ।

थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार निजी चिकित्सको सल्लाहमा वीरगन्ज जाने कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली अस्पताल गएका हुन् ।
प्रधानमन्त्री ओली गत कात्तिकमा पनि टिचिङमा भर्ना भएका थिए।
अस्पतालले निकालेको विज्ञप्ति

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *