पाचौं महिला साफ : नेपालको लक्ष्य उपाधि


२७ फागुन, विराटनगर । नेपालले भोलि मंगलबार भुटानस“ग खेल्दै महिला साफ च्याम्पियनसिप फुटबलको यात्रा सुरु गर्दैछ ।
दक्षिण एसिया क्षेत्रमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ ।
पाँचौं संकरणमा आउँदा तीन पटक फाइनल पुगेको नेपाली टोली पहिलो पटक उपाधि उचाल्न चाहन्छ । तर, बाधक भारतलाई मानिएको छ । भारतकै कारण साफ महिला फुटबलको उपाधि होडबाट नेपाल चार पटक बाहिरिएको थियो । सन २०१०, १२, र १४ मा फाइनलमा भारतस“ग स्तब्ध भएको नेपाल २०१६ मा सेमिफाइनल खेलमा भारतस“गै पराजित भएको थियो ।
पछिल्लो पटक एसियन ओलम्पिक छनोटमा भारतस“ग बराबरी र हिरो वुमन्स कपमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको नेपाली टोलीको मनोबल उच्च छ ।
हिरो वुमन्स गोल्डकपको फाइनलमा म्यानमारसँग हार्दा भएको कमजोरी सच्याउँदै मैदान उत्रने मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा खड्काले नेपालको लक्ष्य उपाधि नै भएको बताए ।
समूह ए बाट नेपाल र समूहह बी बाट भारत फाइनलमा पुग्न सक्ने खडकाको विश्लेषण छ । यद्यपि अन्य टिम पनि सशक्त भएको उनको भनाइ छ ।
अन्तराष्ट्रिय महिला फुटबलमा तीन दशक लामो इतिहास भएपनि नेपाली महिला टोलीले निरन्तर अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको एक दशक भयो । सन् २०१० देखि निरन्तर अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता सहभागिता जनाइरहेको नेपाली टोली अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन । नेपाली महिला टोकाकिो पछिल्ला खेलहरुमा प्रदर्शन सुधारिएको छ ।
चौथो संस्करणसम्म उपाधिमा भारतले जितेको थियो । भारतीय टोलीको मुख्य प्रशिक्षक मेमल रक्कीले प्रतियोगिता जित्ने लक्ष्यसहित मैदान उत्रिने उनले बताइन् ।
माल्दिभ्सका मुख्य प्रशिक्षक मोहमद आतिफले सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताए ।
Facebook Comments