पर्यटनमन्त्री अधिकारीकाे शव श्रद्धाञ्जलीका लागि पाेखरा ल्याइने

  • २o७५ फागुन १६ बिहीबार|

पोखरा:- संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकाे दाहसंस्कार गृह जिल्ला कास्कीमा हुने भएकाे छ। मन्त्री अधिकारीको शवलाई काठमाडाैंमा श्रद्धाञ्जली दिएपछि गृह जिल्ला कास्की लैजाने बताइएकाे छ।

मन्त्री अधिकारीका बुवाआमा तथा परिवारका अन्य सदस्यहरु काठमाडाैंमै रहेपनि अन्तिम श्रद्धञ्जलीका लागि पाेखरा लगिनेछ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव ताप्लेजुङबाट आजै काठमाडाैं ल्याइने तयारी भइरहेको छ। हाल शव राखिएकाे सुकेटार विमानस्थल क्षेत्रमा बाक्लाे हुस्सु लागिरहेकाेले हेलिकाेप्टरले तत्कालै उडान भर्न नसक्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

‘वर्षा भइरहेकाे छ। बाक्लाे हुस्सु पनि लागेकाेले भिजिविलिटी कम छ। तत्कालै हेलिकाेप्टर उड्ने सम्भावना छैन’, उनले भने, ‘माैसम सफा हुने बित्तिकै शव काठमाडाैं पठाउँछाैं।’

शवहरू विमानस्थलबाट पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिने छ। त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेल राखिने कार्यक्रम रहेको बताइएकाे छ।

पहिचान भएका शवहरु आजै परिवारकाे जिम्मा लगाइने छ। दुर्घटनामा दिवंगत भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक नेपाली सेनाका जम्दार अर्जुन घिमिरेकाे भने शव पहिचान भएकाे छ। अन्य शवकाे भने पहिचान खुल्न नसकेकाे प्रजिअ भण्डारीले बताए।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed