नेपालीलाई निशुल्क प्रवेशको माग गर्दै ए–क्याप कार्यालयमा तालावन्दी


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) मा प्रवेश गर्दा नेपाली पर्यटकहरुसंग समेत शुल्क लिन थालेपछि स्थानियले ए–क्यापको कार्यालयमा तालावन्दी गरेका छन्। नेपाली पर्यटकहरुसंग शुल्क लिएको बिरोधमा अन्नपूर्ण गाँउपालिका ६ देखि ११ सम्मका वडाबासिले आइतबार बिरेठाँटीको चेकपोष्ट रहेको एक्यापको कार्यालयमा तालावन्दी गरेको स्थानिय व्यवसायी किसन गुरुङले जानकारी दिए ।
एक्यापले नेपाली पर्यटकहरुसंग प्रवेश शुल्क लिएर आन्तरिक पर्यटनमा असर पार्ने गरी सरकारले गरेको निर्णय बिरुद्ध आफुहरु स्वत स्फूर्त रुपमा आन्दोलित हुदै एक्यापमा तालावन्दी गरेको गुरुङले बताए ।
केही समय अघि मन्त्री परिषदको निर्णयले एक्याप प्रवेशमा नेपालीलाई प्रबेश शुल्क एक सय रुपैया लिने निर्णय गरेको थियो तर मंसिर २१ गते शुक्रबार देखि बिरेठाँटीको चेकपोष्टमा नेपालीसंग तोकेको भन्दा दोब्बरसम्म प्रवेश शुल्क लिन थालेसंगै आफुहरु आन्दोलिन भएको स्थानियले बताएका छन् ।
आइतबार अन्नपुर्ण क्षेत्रका स्थानियबासिले सरकारको उक्त निर्णयले आन्तरिक पर्यटक एक्याप क्षेत्रमा घुमघाम गर्न कम निस्कने निष्कर्षले आफुहरु आन्दोलनमा उत्रिन परेको स्थानिय टेकबहादुर गुरुङले बताए । उनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा मनप्रसाद तुलाचन, शान्ती देवकोटा पौडेल, रवीन गुरुङ, विशाल गुरुङ, लक्षिन गुरुङ, चन्द्रप्रसाद देवकोटा, हरिमान गुरुङ, टीका पुन, लिलावती सुवेदी र विनोद गुरुङ रहेका छन् ।
एक्यापको चेकपोष्ट बीरेठाँटीबाट तत्काल हटाउनुपर्ने, विदेशी पर्यटकसँग उठाउने शुल्कबाट स्थानीय क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्नुपर्ने लगायतका माग पूरा नभए आफुहरुले सशक्त आन्दोलन गर्ने संघर्ष समितिका संयोजक गुरुङले जनाए ।
पोखरा दिपका विजय कुमार पुनले घान्द्रिुक घुम्न जादा आफुहरुलाई निकै नरमाईलो लागेको बताए । उनले पोखरा न्यूज सँग भने “एक्यापले नेपालीसंग दुई सय रुपैया प्रबेश शुल्क लिनु उचित हुदैन, हाम्रो आफ्नै गाँउ ठाँउ घुम्दा पनि शुल्क लाग्ने यो कस्तो देश हो । ”
अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले सरकारले स्थानियको सहमती विपरित उक्त निर्णय गरेको कारण हाल स्थानियहरु आन्दोलित भएको बताए । राज्यको यस्तो निर्णयले गर्दा देशमा आन्तरिक पर्यटन बढ्नुका साथै झन घट्ने उनले दाबी गरे । केही धान्द्रुक हिडेका आन्तरिक पर्यटक प्रबेश शुल्क लिन थाले पछि बाटोबाटै फर्किएको उनले जनाए । अन्नपुर्ण गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय गुरुङले पहिलो पटक एक्याप क्षेत्र प्रबेशमा नेपालीलाई शुल्क लियर सरकारले स्थानियलाई आन्दोलित पारेको जनाए ।
एक्याप कार्यालय पोखराका प्रमुख राजकुमार गुरुङले एक्याप क्षेत्रमा प्रबेश गर्दा मुख्य तीन ठाँउमा प्रबेश शुल्क नेपालीलाई एक सय रुपैया लाग्ने अन्य ठाँउबाट काट्दा दोब्बर शुल्क लाग्ने जनाए । उनका अनुसार काठमाण्डौं भृकुटीमण्डप, पोखराको ड्यामसाईड र लमजुङको बेशीशहरको काउन्टरबाट प्रबेश शुल्क एक सय रुपैया लाग्ने अन्य ठाँउबाट भने दोब्बर दुई सय लाग्ने भएको एक्याप कार्यालय प्रमुख गुरुङले जनाए । आन्दोलित भएका स्थानियसंग बसेर छलफल गर्ने उनले जनाए ।
एक्याप क्षेत्रमा प्रबेश गर्दा सार्कका पर्यटकलाई एक हजार, विदेशीलाई ३ हजार शुल्क लाग्छ ।
Facebook Comments