नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य

6 / 100

काठमाडाैं, २६ माघ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानलाई २ सय ५० रनको चुनाैतीपूर्ण लक्ष्य दिएको छ । आाइतबार टीयू क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाउन सफल भयो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पारी खेले । ज्ञानेन्द्र मल्ल ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन जाेडे । उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक हो । यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो ओडीआई डेब्यू खेलमा ५१ रन जोडेका थिए ।

पूर्व कप्तान पारस खड्काले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जाेड्न सफल भए । सुवासले ४२ बलमा १ चौका प्रहार गर्दै २२ रन जाेडे । कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जाेड्न सफल भए आरिफ शेखले पनि ४५ बलमा २८ रन जाेडे । त्यस्तै करण केसीले १६ बलमा १० रन, सन्दिप लामिछानेले ७ बलमा एक छक्का प्रहार गर्दै १० रने जाेडे भने कमल ६ ऐरीले बलमा एक चाैका प्राहर गर्दै ९ रन जाेड्न सफल भए । विनोद भण्डारीले ४७ बलमा ५ चाैका प्राहर गर्दै ३५ रन जोडे । विनोदले शनिबार भएको अमेरिसँगको खेलमा ५९ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरी भने शून्य रनमै आउट भए । हिजाे शनिबार भएकाे अमेरिकासँगकाे खेलमा पनि दीपेन्द्र शून्यमा आउट भएका थिए ।

पहिलो खेलमा नेपाल ओमनसँग १८ रानले पराजित भएको थियो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो ।

0Shares

Facebook Comments