नेपालको सार्वभौमिकतामा आँच पुर्‍याउने विषयमा सहमति गर्ने छुट कसैलाई छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ बुँदे सहमतिमा दुबै पक्षको अलग-अलग ब्याख्याका कारण अन्योल सृजना भएको जनाएको छ। सहमतिप्रति दुबै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर नदेखिएका कारण आशंका उत्पन्न भएको कांग्रेसको भनाइ छ।
 
प्रतिनिधिसभा र राष्ट्रियसभाका कांग्रेसका प्रमुख सचेतक, सचेतक र दलको नेताले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछिका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
 
“नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन सक्दैनन्”, विज्ञप्तीमा भनिएको छ।
 
सहमति पश्चात सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था श्रृजना भएको कांग्रेसको भनाइ छ।
 
“सहमतिप्रति दुबै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आशंका उत्पन्न भएको छ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलापप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं।’’

विज्ञप्तीमा प्रतिनिधिसभाका प्रमुख सेचतक बालकृष्ण खाँण, सचेतक पुस्पा भुसाल तथा राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाई र नेता सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेका छन्। 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *