धुर्मुस-सुन्तलीको सेन्टी भाइ’रस


धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भा’इरस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो ट्रेलरमा राजनीति छिरेपछि परिवारमा आएको द्व’न्द्व देखाइएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले फिल्ममा पनि पति–पत्नीको भूमिका निभाएका छन् ।
ट्रेलरमा कुनै गाउँमा देखिएको राजनीतिक खि’चातानी र पति र पत्नी दुई फरक पार्टीको प्रचारमा लाग्दा देखिएको उतारचढावलाई देख्न सकिन्छ । शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ ।दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । फिल्ममा सीताराम र कुञ्जनाका अवाला दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।
Facebook Comments