तीनकुनेमा स्कुटरलाई नेपाल यातायातले दियाे ठक्कर




तीनकुनेमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते भएका छन्। मंगलबार दिउँसो कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ५ ख १२७९ नम्बरको नेपाल यातायातले बा ६१ प ६२७२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट स्कुटरल चालक ३६ वर्षका विष्णु विश्वकर्मा घाइते भएका हुन्। ओखलढुंगा घर भएका विश्वकर्मा ललितपुरको कुसुन्ती बस्छन्।
उनको अहिले कान्तिपुर अस्पतालमा उपचार भइराखेको छ। उनको हातमा गम्भीर चोट लागेको छ। स्कुटरलाई ठक्कर दिँदे बस र बसका चालक सुरेश माझीलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments