डा.केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले भने– सत्याग्रह जारी राख्नुस्, अनसनचाहिँ ताेड्नुस्




२०७५ माघ १८ शुक्रबार
काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले डा गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन्।
त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्था बुझ्न पुगेका पूर्वराष्ट्रपति यादवले आफ्नो शरीरलाई ख्याल गर्दै अनसन रोक्न आग्रह गरे।
‘सत्याग्रह जारी राख्नुस्,’ यादवले भने, ‘तर अनसन चाहिँ ताेड्नुस्।’
कुनै पनि नागरिकको जीवन रक्षाका लागि सरकारले वार्ताको पहल गर्नुपर्ने भन्दै उनले डा केसीसँग संवाद गर्न आग्रह पनि गरे।
चिकित्सा सुधार लगायतका माग राखी डा केसी १६औं अनसनमा छन्। आफूसँग गरिएको सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेकोमा उनी अनसन नतोड्ने अडानमा छन्। उनको अनसनको आज २४औं दिन हो।
Facebook Comments