“ट्रम्पले मेरो हत्या गर्न खोजेका छन्” :-भेनेजुएलाका राष्ट्रपति

माघ १८ २०७५ ।।।

भेनेजुएलामा बढेको राजनितीक संकटलाई यतिबेला विश्वले नै नियालिरहेको छ । राष्ट्रपति निकोलस मदुरोले चुनावमा घोटाला गरेको भन्दै आन्दोलन चर्काईरहेका बिपक्षी दलका नेता हुआँ गुएदोँबीच बिवाद नै बढेको छ ।

यता मदुरो र गुएदोँबीचको बिवादमा ठुला ठुला देशहरु पनि पक्ष बिपक्षमा देखिएका छन् । यता अमेरिका र उसका २० भन्दा बढि छिमेकी राष्ट्रहरुले गुएदोँलाई समर्थन गर्दे मदुरोलाई सत्ता गुएदोँलाई हस्तान्तरण गर्न भन्दै भेनेजुएलामाथि आफनो पहिलो कारवाहीसमेत गरिसकेको छ ।

यसबीचमा राष्ट्रपति मदुरोले आफु गुएदोँसंग वार्ता गर्न तयार रहेको बताएका छन् । उनलेअन्तर्राष्ट्रिय मध्यस्तकर्ताको उपस्थितिमा गुएदोँसंग वार्ता गर्न आफु तयार रहेको बताएका हुन् । उनले मेक्सिको, उरुग्वे, बोलिभिया, भ्याटिकन सिटी र रुस जस्ता देशले मध्यस्तता गरेको खण्डमा आफु गुएदोँसंग वार्ता गर्न तयार रहेको बताए ।

यसैबीच उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संवाद गर्न खोज्दा कुनै पनि प्रतिक्रिया दिन नखोजेको बताए । साथै उनले ट्रम्पले आफनो हत्याको षडयन्त्र बुनिरहेको समेत दाबी गरे । ट्रम्पले आफनो हत्याको योजना बुनिरहेकोले आफु सचेत रहेको समेत बताएका छन् ।

उनले भने “म सुरक्षित छु , हामीसंग राम्रो सुरक्षा व्यवस्था छ तर यदि मलाई केही भईहाले त्यसको जिम्मा डोनाल्ड ट्रम्प र कोलम्बियाका राष्ट्रपति इभान दुक्युले लिनु पर्नेछ” । उता मदुरोलाई सत्ताबाट हटाउँन आन्दोलन गरिरहेका गुएदोँलाई कारवाही गर्न भन्दै देश छाड्न प्रतिवन्ध र सम्पत्तिसमेत रोक्का गर्ने निर्णय लिएको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *