ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

२७ फागुन, डडेल्धुरा । कैलालीको सहजपरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

डडेल्धुराबाट धनगढीतर्फ जादै गरेको से ६ प ६७९१ नम्बरको मोटरसाइकल र धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख ५०७४ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका सहजपुरमा ठोक्किदा मोटरसाइकलमा सवार कैलाली साडेपानीका २५ वर्षका अर्जुन नेपालीको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल लग्ने क्रममै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका साडेपानीकै २९ वर्षीय सुरेश नेपालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed