मृगौला पिडितलाई लायन्सको सहयोग


पोखरा, २३ असोज / लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ फेवा फिस्टेल सिटीको संयुक्त आयोजनामा
मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि १ का डिष्ट्रिक गर्भनर अशोक कुमार
श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मृगौला पिडित पृथ्वी बहादुर खत्रीलाई ८० हजार नगद र ९ हजार बराबरको जिन्सि
सामाग्री हस्तान्तरण गरिएको हो । खड्काकी श्रीमती राधिका श्रेष्ठलाई सहयोग रकम र जिन्सि सामाग्री गर्भनर श्रेष्ठले हस्तान्तरण गरे ।
ओखलढुङ्गाका पृथ्वीले दुइवटै मृगौला खराब भई अहिले काठमाण्डौमा बसेर नियमित डायालोसीस गराइरहेका छन् । केशव रेग्मी, जित
बहादुर थापा गोपाल र याम प्रसाद पौडेलको सौजन्यमा सहयोग गरिएको हो ।
लायन्स क्लब अफ फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोखरेलको अध्यक्षतामा भएको थियो ।
Facebook Comments